एक वर्षमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा छ हजारभन्दा बढी पीडित
काठमाडौं । नेपालमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा छ हजारभन्दा बढी पीडित भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उक्त वर्ष छ हजार दुर्ई सय ८५ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ विमोचन कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ । इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२० मा यस्ता घटनामा पाँच हजार पाँच सय ४३ जना पीडित भएका भए । सन् २०२१ मा मानवअधिकार उल्लंघनका घटनामा ५२ महिला र पाँच सय १० पुरुष गरी जम्मा पाँच सय ६२ जना तथा ज्यादतीका घटनामा पाँच हजार एक सय ६३ जना महिला र पाँच सय ६० जना पुरुष गरी जम्मा पाँच हजार सात सय २३ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।
यो वर्ष यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना, भेला तथा संगठित हुने अधिकारमा तीन सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा दुई सय ६६ जना पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।
सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार चार सय १६ जना, बाल अधिकार उल्लंघनका घटनामा एक हजार पाँच सय २२ जना बालबालिकापीडित भएको इन्सेकले जनाएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस वर्ष राज्यपक्षबाट छ जनाको हत्या भएको र यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभदका घटनामा २८ जना अमानवीय व्यवहारका घटनामा २४ जना पीडित भएको बताए । ‘भेला तथा संगठित हुने अधिकारमा तीन सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा दुई सय ६६ जना पीडित भएको अभिलेख भयो’, उनले भने ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को विमोचन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अध्ययन, अनुसन्धानको दस्ताबेजका रूपमा रहेको यस पुस्तकले समेटेका विषय वस्तुलाई हेर्दा पछिल्लो १० वर्षमा महिलाहरू बढी पीडित भएको बताए । अध्यक्ष मगरले परिवारबाटै महिलाको हत्या हुनु र कतिपय घटनालाई गुपचुप गर्नु, हिंसाका घटनामा मिलापत्र भइरहनुलाई दुखद् रूपमा लिँदै हिंसा र विभेदको न्यूनीकरणका लागि आर्थिक विकास र समृद्धिमा जोड दिए । उनले घरेलु कामलाई आर्थिक गणनामा राख्नुपर्ने उल्लेख गर्दै दाइजोप्रथाका कारण महिला हिंसाका घटना हुँदै आएको र आत्महत्याका नाममा परिवारबाट हत्या भएका घटनाको प्रहरीबाट राम्रोसँग अनुसन्धान नगरिएको उजुरी आयोगमा आएको बताए ।
इन्सेकले प्रकाशन गरेको पुस्तकमा एक सय १२ जना महिलाको हत्या परिवारजनबाट भएको उल्लेख छ । त्यसैगरी दाइजोका कारण छ जनाको हत्या र १० जना गम्भीर प्रकारका घरेलु हिंसाबाट पीडित भएको उल्लेख छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया