वातावरण र हाम्रो भविष्य
काठमाडौं । वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको छ । यो वातावरण गम्भीररूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुनेगरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । मूलतः पर्यावरण बढ्दै गइरहेको जनसंख्या वृद्धि, सवारीसाधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ ।
यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आएको छ । यस्तो किसिमको विकराल समस्याको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।
विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला–ठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भइराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिकरूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ । यसरी प्रविधिहरू तथा सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई गोल्बल भिलेज पनि भन्ने गर्दछन् । मानवले जतिजति उन्नति ग-यो उतिउति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साँढे चार अर्ब अघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । एक अध्ययनअनुसार सन् १९५० मा विश्वमा कार्बन उत्सर्जन ५ दशमलव २८ बिलियन टन थियो भने सन् २०१७ मा आइपुग्दा ३६ दशमलव १५ बिलियन टन कार्बन उत्सर्जन पुगिसकेको छ । सन् २०१८ को वर्ल्ड लाइफ फन्डको लिभिङ प्लानेट रिर्पोेटअनुसार सन् १९७० पछि स्तनधारी, पन्छी, माछा र सरिसृपको कुल क्षेत्रमा ६० प्रतिशत गिरावट आएको छ । हरेक वर्ष तिनको वास्थान नाश भइरहेको छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततीहरूमध्ये मानिस सर्वश्रेष्ठ जीव हो । र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काईसौँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरू जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्नगई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर वासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब तीस करोड प्राणीहरू बासबिहीन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरूलाई बर्सेनी दश करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । यसरी घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् ।
विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् । यसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूवारे अनुसन्धान हुन थाले । अतः वातावरणको प्रतिकूल कारणहरूले गर्दा विश्वमा फैलिएको महामारीले मानववर्गलाई तहसनहस गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर हेर्ने हो भने प्रकृतिको विनाशबाट उत्पन्न भएको जटिल कारक तत्व यसलाई मान्न सकिन्छ । जसले गर्दा वातावरण विनाशका कारण उत्पत्ति भएका कोभिड–१९ जस्ता भयांकर रोगहरूसँग लड्न कठिन हुन सक्छ । यसको लागि वातावरण संरक्षण र संवर्द्धन गर्ने क्रममा मानवसमुदायहरू लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ । फलतः हाल पृथ्वीमा विभिन्न स्थानहरूमा विभिन्न ग्याँसबाट उत्पन्न हुने पीएम २ दशमलव ५ ले गर्दा विश्वभरि लाखौँलाख मानिहरूको मृत्यु भएको छ । त्यसरी नै वायु प्रदूषणको कारणले गर्दा प्रत्येक वर्ष १५ करोड ३० लाख मानिसहरू मर्ने गरेको तथ्यांकहरूले देखाएको छ ।
त्यसैगरी विगत वर्षभन्दा कार्बनड्राइअक्साइड मात्रा पनि यो वर्ष विश्वको एक तिहाइ स्थानमा भएको बन्दाबन्दीको कारणले १७ प्रतिशत घट्न गएको सम्बन्धित क्षेत्रका विज्ञहरूले जनाइएका छन् । हाम्रा छिमेकी देशहरू चीन र भारतले विद्युतीय सवारीसधानहरूको संख्या बढाउँदै गएका छन् । नेपालले पनि गत वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा बजेट विनियोजित गरिएको थियो भने यस वर्षको बजेटमा भने कोभिड–१९ कारण बजेट समावेश गरिएको छैन । हाल देशमा विद्युतीय उत्पादनमा वृद्धि हुँदै गएको हुनाले हालको अवस्थामा एक हजार पाँच मेगावाट रहेको छ भने सन् २०२२ सम्ममा दुई हजार ८० किलोवाटसम्म पुग्ने अनुमान गरिएको छ । यसर्थ यी कुरालाई राम्ररी मनन गरी सरकारले देशमा पेट्रोल, डिजेलको मात्रालाई विस्थापन गरी विद्युतीय साधनहरूमा बढीभन्दा बढी रूपमा खपत गराउन विज्ञहरूको अनुरोध पनि हुँदै आएको छ ।
निष्कर्षमा भन्नुपर्दा संसारभरि विषम परिस्थिति कोरोना तेस्रो लहरको कारणले अवस्था विद्यमान रहेको छ । यस्तो अवस्थामा भय, चिन्ता, डर, त्रासले सर्वत्र व्याप्त रहेको छ । अतः प्रकृतिमाथि दोहन भनेको मानव वर्गले गर्ने व्यवहार नै हो । यसमा अनुत्पादक क्षेत्रमा असीमित उत्पादन खोज्नु आजको मानव वर्गको मुख्य चरित्र बनेको छ । तसर्थ यो पृथ्वीको प्राकृतिक स्रोत–साधनमाथिको अतिक्रमण हो ।
अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरू विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिएको छ । मानिसले प्रकृतिप्रति अन्याय ग-यो, होडबाजी र प्रतिस्पर्धी वातावरण तय ग-यो । जसमा पञ्चतत्व, पानी, हावा, शब्द, तेज र माटोको माया गर्न बिर्सियो । जसको कारणले गर्दा जलवायु परिवर्तन गरायो, समयमा वर्षा भएन, अनावृष्टि, अतिवृष्टिले बाढी, पहिरोको खतरा बढ्यो । मान्छेका मूल्य मान्यता, स्नेह, इमानदारिता, दया, प्रेम रहेन । जसले गर्दा खुला व्यापार शरीरको सम्बन्धमाथि सिधै बन्चरो प्रहार गरेकाले प्राणघातक महामारी र प्रकोप संसारभरि कालो बादलझै उर्लेर आएको हो । जसले गर्दा वातावरणमा सुधार भई जनस्वास्थ्यमा सरकारले गर्ने खर्चमा पनि कमी नआउला भन्न सकिन्न । यी कुराहरूलाई तीनै तहका सरकारहरू, संघसंस्था र सम्बन्धित निकायहरूले बेलैमा विचार गरी आउँदो वर्षहरूमा वातावरण सम्बन्धित नीति तथा कार्यक्रमहरू बनाउँदा उल्लिखित कुराहरूमा ध्यान पु-याउनु बुद्धिमानी हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया