मोबाइल आयातमा वार्षिक कति धनराशि बाहिरिन्छ ?
काठमाडौं । आजभोलि मोबाइल मानिसको आधारभूत आवश्यकताको वस्तु बन्दै गएको छ । दैनिक भान्सामा प्रयोग हुने नुनभन्दा पनि यसको आवश्यकता बढ्दो छ । नुन कहिले काही छोड्न सक्छ तर मोबाइल छोड्न सक्दैन । कुनै वस्तु समयसापेक्ष बिटुलो छुन नहुने हुनसक्छ तर मोबाइल नछुइने नबिटुलो हुने तसर्थ यो नुनभन्दा पनि अपरिहार्य बन्दै गएको हो । पछिल्ला वर्षहरूमा मोबाइलको आयात बढिरहँदा नेपालबाट ठूलो धनराशि बाहिरिरहेको छ । यसले मानिसलाई सुविधा, सहजता र सरलता प्रदान गरिरहेकोले यसमाथि मानवीय प्रेम बढ्दै गइरहेको हो ।
मानिसको आधारभूत आवश्यक्तासरह बनेको मोबाइलको आविष्कार अमेरिकी नागरिक मार्टिन कपुरले सन् १९८३ गरेका थिए । त्यसपछि यो विश्वका विकसित देश हुँदै विश्वभर तीव्ररूपमा फैलियो जुन आज आम मानिसको अति आवश्यक वस्तुको रूपमा विकसित भइरहेको छ । आविष्कारसँगै यसले विश्व बजारलाई छिटै नै प्रभावित बनाउँदै लग्यो र विश्व अर्थतन्त्रमा छोटो समयमा नै आफ्नो अस्तित्व जमाउन सफल भयो । आज यसको प्रयोग विश्वव्यापीकरण भइरहेको छ साथै विश्वको हरेक देशको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ । यसले विश्व सञ्चारमा क्रान्ति नै सिर्जना गरी सुविधासम्पन्न साधनको रूपमा विकास गरिरहेको छ । मोबाइल आज आम नागरिकको अनिवार्य आवश्यक्ता हुँदै व्यक्तिगत खर्चमा वृद्धि गर्दै गइरहेको छ ।
नेपालमा सर्वप्रथम मोबाइल फोनको सुरुवात विसं २०५६ सालबाट भएको हो त्यसताका नेपालमा उच्च वर्गका भीभीआईपी मानिसहरूले प्रयोग गर्थे, त्यस समय पोष्टपेड फोनको प्रयोग हुन्थ्यो र मानिसहरू गलामा भिरेर वा पाइन्टमा हुक लगाएर बोक्थे । उतिखेर मोबाइल फोन बोक्नेलाई सम्पन्न ठूलाबडा मान्ने प्रचलन थियो । पछि विसं २०६० सालबाट सर्वसाधारणको लागि प्रिपेड फोन आयो सुरुको समयमा प्रिपेड फोनको सिमकार्ड लिन रातभरि टेलिकमको अफिसमा लाइन लागेर सिमकार्ड लिनुपथ्र्यो । आजभोलि यसको सिमकार्ड बजारमा जताततै पाउन थालियो मोबाइलका सेटहरू पनि सस्ता र आधुनिक प्रविधिअनुरूप विकास हुँदै गए । मोबाइल फोनले आज रेडियो, टेलिभिजन, टेलिफोन, हुलाक, क्यालकुलेटर, टर्च, घडीलगायत कापी,कलम किताब आदिलाई विस्थापित गर्दै लगेको छ ।
विश्वमा आज मोबाइल फोन आधारभूत आवश्यक्ताको रूपमा फैलिरहेकोले यसमा मानिसहरूको ठूलो धनराशि खर्च भइरहेको छ । विशेषतः नेपालको सन्दर्भमा मोबाइलमा धेरै धनराशि बाहिरिरहेको देखिन्छ । नेपालको वर्तमान दुई करोड ९२ लाख जनसंख्यालाई आधार मान्दा त्यसको औसत ७० प्रतिशत जनसंख्यासँग मोबाइल फोन रहेको, औसतमा एउटा मोबाइल फोन सेटमा १० हजारको दरले दुई खर्ब १० अर्ब खर्च भएको छ ।
वार्षिक औसत २५ अर्बका मोबाइल नेपालमा आयात भइरहेका छन् भने यसको मर्मत सम्भारमा वार्षिक दुई अर्बभन्दा बढी खर्च हुँदै गइरहेको छ । दुई करोड १० लाख जनसंख्यासँग रहेको मोबाइलको दैनिक न्यूनतम औसत खर्च ३० रुपैयाँ गर्दा दिनमा ६३ करोड र मासिक १८ अर्ब ९० करोड तथा वार्षिक दुई खर्ब २६ अर्ब ८० करोड मोबाइलअन्तर्गतको सञ्चारमा खर्च हुँदै आइरहेको छ । वार्षिक कुल खर्चको ६० प्रतिशत एक खर्ब ३६ अर्ब आठ करोड औपचारिक सञ्चारमा र ४० प्रतिशत ९० अर्ब ७२ करोड अनौपचारिक सञ्चारको क्षेत्रमा खर्च भइरहेको छ । यहाँ अनौपचारिक सञ्चारको क्षेत्रमा भएको खर्चले थप सामाजिक विचलन, आर्थिक संकट र व्यक्तिगत आचरणमा प्रभाव पारिरहेको अनुमान गरिएको छ ।
कोभिड–१९ का कारण स्कूल कलेजमा उपस्थिति भई पढ्ने समय नबनेकाले अनलाइन शिक्षा प्रणाली अवलम्बन गरियो यसका लागि कम्युटर, ल्यापटप वा मोबाइलको आवश्यकता सिर्जना भयो । यसमध्ये सबैभन्दा सस्तो तथा सहज साधन मोबाइल नै बन्न पुग्यो जसका कारण बजारमा मोबाइल फोनको माग बढ्न गयो । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै २५ अर्ब ६२ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यसै अवधिमा ३५ लाख ६४ हजार मोबाइल सेट नेपाल भित्रिएका छन् ।
गत वर्ष मात्र नेपालमा २० अर्ब ६३ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको थियो भने यस गत आर्थिक वर्ष ३६ लाख ६४ हजार सेट मोबाइल नेपाल भित्रिएका थिए । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २९ लाख ६८ हजार सेट मोबाइल आयात भएको थियो भने कुल ११ अर्ब ८६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको थियो । विश्व बन्दाबन्दीले गर्दा भर्चुअल छलफलका लागि पनि यसको माग बढेको अनुमान लगाउन सकिन्छ साथै अवैध आयातमा पूर्णत प्रतिबन्द लागेकाले पनि बजारमा मोबाइल फोनको माग बढेको व्यवसायी बताउँछन् । पहिले सरकारको नीतिगत असहजताको कारण घटेको मोबाइलको आयात यसै वर्षबाट सहजता भएसँगै बढेको देखिन्छ ।
विशेषतः दशैँ तिहारमा बढ्ने बजार यसवर्ष अहिलेसम्म बजार उस्तै रहेको पाइन्छ । कोभिडले बजारलाई शिथिल बनायो, अर्थतन्त्रमा नकरात्मक प्रभाव सिर्जना ग¥यो तर मोबाइलको बजार भने उकासिँदै आइरहेको छ । आजका दिनमा मोबाइलको बजार उकासिँदै जानु मोबाइल व्यापार गरेर जिउनेकै लागि लाभदायक हुनसक्छ तर देशको अर्थतन्त्रको गतिविधिलाई यसले प्रभावित बनाइरहेको छ । यसको खपत नेपालमा जति बढ्छ त्यति नै नेपाली रुपैयाँ विदेशिन्छ जुन आयात गरेर देशको उत्पादन बढ्दैन भएको ढुकुटी रित्तिदै जान्छ । यसले अप्रत्यक्ष रूपमा नेपालको ढुकुटीलाई क्षय गराइरहेको छ ।
आजकाल मोबाइलको गुणस्तर हेरेर पनि मानिसको आर्थिक सबलीकरण पहिचान हुने वातावरण बन्दै गएको पाइन्छ । यो वर्तमान समयको उत्कृष्ट प्रविधि हो यसको सदुपयोगमार्फत यसबाट फाइदा लिन सक्नुपर्छ । यसमा विश्व नै अटाएको छ तर विश्वका विकृति र विसंगतिको मात्र हिमायती बनियो भने यसले हामीलाई कुसंगततर्फ लैजाने निश्चित छ यसबाट सचेत र होसियार बन्दै आवश्यक विषयवस्तुलाई ग्रहण गर्दा यसको महत्व बढ्दै जाने देखिन्छ ।
देशको आर्थिक क्रियाकलाप विभिन्न स्रोतसाधनबाट चलायमान रहँदै आएको हुन्छ । मोबाइल पनि एक उत्कृष्ट सञ्चारको साधन हो यसलाई आवश्यक व्यवस्थापन गर्दा प्रयोग कर्ताको हित हुने देखिन्छ । यसका लागि सरकार कर असुलीकरणमा मात्रै नभएर यसको आयातमा उचित व्यवस्थापन, नियन्त्रण र नियमन गर्न तत्पर रहनु पर्दछ । आज यसको विश्वव्यापीकरण भइसकेको अवस्थामा यसबाट उचित फाइदा लिन हामी चुक्नु हुन्न यसबाट हुनसक्ने आर्थिक सिर्जनामा ध्यान दिनुपर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया