पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि पाण्डेलाई
काठमाडौं । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् । पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए, उनले काउन्ट ब्याकमा ब्याक नाइनमा १९ रन बनाएर उपाधि जितेका हुन् । यस्तै इनहाउसले १७ र शेर्पाले १६ रन बनाएका थिए ।
यस्तै सद्भाव आचार्यले ३७ ग्रोस अंकका साथ बेस्ट ग्रसको उपाधि जिते, उनले पाँच बर्डी बनाएपछि सर्वाधिक बर्डीको अवार्ड पनि जिते । जेष्ठ (६० वर्ष वा माथिका) मा टेन्डी शेर्पा ३६ अंकका साथ विजेता भए । महिलातर्फ ३२ अंकका साथ कश्मिरा शाहले उपाधि जितिन् भने रेखा घिमिरे २८ अंकका साथ उपविजेता भइन् । आशर्या बस्न्यात ३९ अंक जोडेर जुनियर विजेता भइन् । मार्कस डबलार्डले सबैभन्दा नजिकको पिन र धुन्दुल नामग्यालले सबैभन्दा लामो ड्राइभ जितेका थिए ।
वरुण बेभरेज (नेपाल) प्रालिले प्रायोजन गरेको प्रतियोगितामा सबै ९५ गल्फ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता ३÷४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो । वरुण बेभरेज प्रालिका मार्केटिङ हेड डा. लिका हमन्थ वाङ्शुल, मार्केटिङ म्यानेजर पुलकित कोन्डोई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र कप्तान जोसेफ नाथनले प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कार हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया