Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग५० वर्ष पुगेका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

५० वर्ष पुगेका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता


बझाङ, माघ २६
बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभरि रहेका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रमबमोजिम गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषहरुलाई सामाजिक सरक्षाभत्ता उपलब्ध गराउनलागेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । समाजिक सुरक्षा भत्ता मासिक पाँच सय रुपैयाँ पाउने गरी गाउँपालिकाका नौवटै वडामा तथ्यांक संकलन गर्ने काम भैरहेको उपाध्यायले जानकारी दिए ।

श्रीमतीको निधन भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई गाउँपालिकाले समाजिक सुरक्षा भत्ता उपलब्ध गराउन लागेको हो । अहिले सबै वडाले एकल पुरुषको निवेदन, नागरिकता,पत्नी मृत्युको प्रमाणपत्र र फोटाहरु संकलन गर्ने काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x