युद्धक्षेत्रबाट नेपालीलाई छिटो उद्धार गर
काठमाडौं । युक्रेन यतिबेला युद्धको चपेटामा छ । हताहत हुनेको संख्या दिनहुँ बढिरहेको छ । एउटा ठूलो छिमेकी देशले आक्रमण गरेको अवस्था हो यो । जहाँ आक्रमण भइरहेको छ त्यो एउटा लोकतान्त्रिक देश हो । त्यसअनुसार त्यो देशका सेवासुविधाहरू संसारभरिका उपभोग गर्न पाउँछन् र त्यहीअनुसार भइरहेको थियो त्यो देशमाथि आक्रमण हुनुअघि । यो आक्रमण अप्रत्यासित नै भयो । त्यस कारण पनि यो देशमा पठनपाठन, रोजगारीलगायतका विषयहरू उपभोग गरिहेका विदेशीहरूले समेत यसबाट जोगिने अवस्था आएन । यद्यपि यति बेलासम्म विदेशका मान्छेको मृत्यु भएको समाचार आएको छैन । तर यो अवस्था धेरै समय रहनेजस्तो देखिँदैन त्यस कारण पनि सम्बन्धित देशहरूले आफ्ना नागरिको उद्धार तीव्ररूपले चलाएका देखियो तर नेपाल भने यसमा पछि परेको अवस्था छ । यो दुःखद पक्ष हो । यस्तै बेला हो विदेशमा रहेका नागरिकहरूले आफ्नो देश सम्झने बेला पनि ।
त्यहाँ रहेका नेपालीहरू यतिबेला धेरै नै त्रसित रहेका भन्ने समाचारहरू आइरहेका छन् । विभिन्न ठाउँमा लुकेर बसेकाहरूको गुहार छ, तत्काल उद्धार चाहियो भन्ने । यो स्वाभाविक पनि हो । आक्रमण गर्ने देश झन्झन् गोलाबारीमा लागेको भन्ने समाचार आइरहेका छन् । पूर्वी युरोपको युक्रेन र छिमेकी राष्ट्र रुसबीच चर्किएको द्वन्द्वमा जस्तो युद्धस्तरमा नै उद्धार गर्नुपर्ने हो त्यो भएको देखिएन । प्रजातान्त्रिक देश भएकाले युक्रेनमा नेपालीको संख्या पनि ठूलै रहेको बुझिन्छ । तिनका उद्धारमा त्यहाँको नियोगले जस्तो भूमिका निर्वाह गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो छ सबैको । युद्धग्रस्त भए पनि निगरानीका लागि र उद्धारका लागि त्यहाँ रहेका अन्तर्राष्ट्रिय संस्थाहरूसँग आवश्यक समन्वय गरेर आफ्नो नियोगले यो काम गर्न सक्तथ्यो । तर सरकार भने वक्तव्यबाजी मात्र गरिहेको भन्ने विवरणहरू आइरहेका छन् । एउटा समाचार विवरण भन्छ त्यो नियोगले उनका पुकारको सुनुवाइ नै गरेको छैन । केही आपत परेमा जर्मनी वा रुसस्थित नेपाली दूतावासको सम्पर्क नम्बरमा खबर गर्र्न भनिएको छ । आतङ्कित नेपालीहरूको नेपालीको अनुभव कस्तो छ भने त्यसरी खबर गर्दा दूतावासका अधिकारीले दिने जवाफ झन् निराशायुक्त रहने गरेको छ । जोगिएर बस्नू, घरबाहिर ननिस्कनू भन्ने उनीहरूका तयारी जवाफ हुनेगरेका छन् । यस्तो जवाफ उद्धार होइन उपदेश मात्र हो । यतिबेला अधिकारीहरूले निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्छ । आतङ्कित नागरिकले त्यस्तै अपेक्षा गरिहेका छन् भन्ने उल्लेख भइरहनु नपर्ला ।
खासगरी त्रास र आपतमा परेका विद्यार्थीले उद्धारमा पहल नै नगरिएको भनी आक्रोश व्यक्त गरिरहेका समाचार आइरहेका छन् युक्रेनको राजधानी किभबाट चार सय ८० किलोमिटर पूर्व–उत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस अध्यनरत नेपालीसहितका विद्यार्थी नजिकै मेट्रो स्टेसनको लबीमा लुकेर बसिरहेका समाचारमा जनाइएको छ । एक विद्यार्थीका अनुसार लुकिएको त्यो ठाउँमा हरेक घण्टामा स्थिति तनावग्रस्त बन्दै छ, भागेर जाने ठाउँ पनि छैन कहीँ कतै सम्पर्क गर्ने सहज अवस्था पनि छैन, नेपाल सरकारले तत्काल उनीहरूको उद्धारमा समन्वय गरिदियोस् भन्ने चाहेका छन्, फोन चार्ज गर्ने, सम्पर्क गर्ने वा खानपिनको जोहो गर्ने अवस्थामा समेत कठिनाइ बन्दै गएको छ । यस्तो संवेदनशीलताप्रति सरकार सजग हुन जरुरी छ । यतिखेर जोगिएर हिँड्नु भन्ने अर्तीउपदेश र उद्धारका लागि वक्तव्यबाजीभन्दा सरकारको एक्सन आवश्यक छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया