शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयललाई मानार्थ विद्यावारिधि सम्मान
काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई प्रोफेसनल डाक्टरल सर्टिफिकेट (विद्यावारिधिको मानार्थ)बाट सम्मानित गरिएको छ । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभरसिटी (ईआईयू)ले गोयललाई बिजनेस म्यानेजमेन्टमा विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेको हो ।
कुशल व्यवस्थापन र व्यावसायिक क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्दै उनलाई शुक्रबार थाइल्याण्डमा आयोजित एक समारोहबीच उक्त उपाधि प्रदान गरिएको बताइएको छ । गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरुमाझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका छन् । उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा सेयर निष्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया