रियलमीद्वारा जीटी २ सिरिज सुरु गर्ने घोषणा
काठमाडौं । संसारमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०२२ मा रियलमी जीटी २ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन ८ जेन वान चिपसेटद्वारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो । रियलमी जिटी २ प्रो युरोपको बजारमा स्नापड्रागन ८ जेन वानले सुसज्जित पहिलो स्मार्टफोन हुनेछ ।
अहिलेसम्मको सबैभन्दा प्रिमियम फ्लागशिप लाइन–अपको रुपमा रियलमीले विश्वभरका लाखौँ प्रयोगकताहरुको लागि टेक्नोलोजीहरु ल्याउने, उच्च बजारमा प्रवेश गर्ने र उच्च प्राविधिक नवीनतममा अग्रपङ्क्तिमा रहने लक्ष्य राखेको छ । रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले विश्वभरका प्रयोगकर्ताहरुलाई नयाँ र रोमाञ्चक कुराहरु प्रदान गर्न सधैँ राम्रो महसुस गरेको र रियलमी जीटी २ प्रोले सम्पूर्ण कुरालाई उच्चस्तरमा ल्याएको बताए ।
यस्तै रियलमीका इन्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी इन्टरनेशनल बिजनेस ग्रुपका अध्यक्ष माधव शेठले कम्पनी अझ ठूलो साहस र आकाङ्क्षाका साथ सन् २०२२ मा प्रवेश गरेको उल्लेख गरे । रियलमी जीटी २ सिरिजले नवप्रवर्तनको अग्रपङ्क्तिमा रहने कम्पनीको दृष्टिकोणलाई मूर्तरुप दिने उनको भनाइ छ । प्रयोगकर्ताहरुलाई व्यापक प्रिमियम ब्रान्डका अनुभव प्रदान गर्ने सिलसिलामा प्रविधिको नवीनतामा यो घोषणा कम्पनीको गो–प्रिमियम रणनीतिलाई प्रतिनिधित्व गर्ने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया