कोका–कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा
काठमाडौं । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध छ । नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको छ ।
कम्पनीका अनुसार यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल एक सय ७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली उपभोक्ताहरुको चोइसेजहरु अनुसारका प्याकेजिङहरु ल्याउन कम्पनी प्रतिबद्ध रहेको बताए । सोहीअनुसार सबैभन्दा सानो र सबैभन्दा कान्छो प्याक कान्छु बोतल जम्मा २५ रुपैयाँमा बजारमा ल्याएको उनले बताए । फ्यान्टा र स्प्राइटमा पनि उपलब्ध यो प्याकको भरपुर मज्जा लिन सकिने उनले बताए ।
यो नयाँ आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिबद्धता थप प्रमाणित भएको छ । यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले यो नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरुलाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको बताए । आफ्ना स्थानीय उपभोक्ताहरूसँग बलियो सम्बन्ध निर्माण गर्ने ब्रान्डको दृढ प्रतिबद्धताअनुसार कोका–कोलाले नेपाली उपभोक्ताहरूको लागि नेपाली नामसहित प्याकहरू ल्याइरहेको छ । कान्छु बोतलजस्तै कोका–कोलाले सन् २०१९ मा २५० एमएलको जिग्री प्याक लन्च गरेको थियो जुन हल्का भएकोले जहाँसुकै बोक्न र जुनसुकै समयमा पिउन उपभोक्तालाई सजिलो थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया