हाइफ्युचरद्वारा इन्ट्री लेभल उत्पादन फ्युचरफिट इभो, पल्स र कलरबड नेपालमा सार्वजनिक
काठमाडौं । प्रिमियम सेगमेन्ट सफल रुपमा सार्वजनिक गरेपछि हाइफ्युचर एसियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ । हाइफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन ः फ्युचरफिट इभो स्मार्टवाच, फ्युचरफिट पल्स स्मार्टवाच तथा कलरबड थप गरेको छ ।
फ्युचरफिट इभो स्मार्टवाच बेजल–फ्री डिस्प्ले तथा विशिष्ट अनुभव दिने शानदार एरोस्पेस ग्रेड अलुमिनियम अलोय केशसहितको डिजाइनमा उपलब्ध छ । यसको क्लासिक डिजाइन सबैखाले कपडाहरु तथा सबैखाले अवसरहरुका लागि सुहाउँदो रहेको छ । यसमा बिल्ट–इन हार्ट रेट मनिटर तथा ब्लड अक्सिजन लेभल ट्र्याकर पनि रहेको छ । समग्रमा फ्युचरफिट इभो सुपथ मूल्यको पनि छ । इभोमा १.५७ इञ्च एचडी डिस्प्ले, वाटरप्रुफ आईपी ६८, ब्लूटूथ भर्सन ५.०, ओएस कम्प्याटिबिलिटी एन्ड्रोइड ५.० प्लस, आईओएस ९.० रहेको छ । एक वर्षको वारेन्टी समेत रहेको इभोको मूल्य मात्र पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीको फ्युचरफिट पल्स स्मार्टवाच हाइफ्युचरको आकर्षक आविस्कार हो । यसका फिचरहरुमा १.६९ इन्चको बेजल–फ्री एचडी एलसीडी डिस्प्ले तथा एरोस्पेस ग्रेड अलुमिनियम अलोय हुन् । यसको बडी अल्ट्रा थिन अर्थात् ९.७ एमएमको ज्यादै पातलो छ । यसबाहेक यसमा इन–बिल्ट हेल्थ ट्र्याकर तथा स्लिप मनिटर पनि रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया