स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन
काठमाडौं । लेमन–लाइम पेयपदार्थ स्प्राइटले गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । कम्पनीका अनुसार यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो । यसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीको भनाइ छ । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
यस क्याम्पेनअन्तर्गत नौ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सीधै कम्पनीको वेबसाइटमा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।
यो योजना फागुन ८ गतेदेखि नै सुरु भएको र चैत १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुनेछ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेबल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया