Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘आर्थिक अभावले कोही बेरोजगार बस्नु पर्दैन’

‘आर्थिक अभावले कोही बेरोजगार बस्नु पर्दैन’


काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाले आर्थिक अभावका कारणले कोही पनि बेरोजगार बस्नु नपर्ने बताएका छन् । कोषको १३औँ वार्षिकोत्सव कार्यक्रममा पैसाको अभाव भएर बेरोजगार भए कोषमा आउन युवाहरूलाई आग्रह समेत गरे ।

‘पैसा अभावमा कोही मान्छे बेरोजगार भए हामीकहाँ आउनुहोस् । हामी एक हजारले स्वरोगजार बनाउँछौँ’, उनले भने, ‘हामी लाख खर्च गरेर ३० हजार कमाउन लालयित हुन्छौँ, अब लाख खर्च गरेर ३० हजार कमाउन लालयित बन्ने होइन । हामी त्यस्ता विदेश जानेलाई यही नै स्वरोजगार बनाउँछौँ ।’ साथै उनले पैसाका कारणले मात्र उद्यमी, स्वरोजगार बन्ने नभई सोच परिवर्तन गर्नुपर्नेमा जोड दिए । स्थानीय स्रोत साधनलाई समुचित प्रयोग गरेर स्थानीय तहमा नै युवाहरूलाई स्वरोजगार बनाउनुपर्ने उनको भनाइ थियो । यस्तै उनले प्रमाणपत्र धितो राखेर स्वरोजगार बनाउन सरकारले आग्रह गरे विद्यार्थीलाई कर्जा उपलब्ध गराउन तयार रहेको समेत बताए । निर्यातमुखी अर्थतन्त्रलाई जोड नदिएर आयातमुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषले अहिलेसम्म ८३ हजार चार सय नौ युवालाई स्वरोजगार बनाएको जानकारी दिए । उनले कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ वर्षदेखि ६० वर्ष उमेरसमूहका युवा तथा साना व्यवसायीलाई विनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको बताए । उनका अनुसार कोषले विनाधितो दुई लाख रूपैयाँदेखि सामूहिकमा ३० लाख रूपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको छ । कोषले हालसम्म ११ अर्ब नौ करोड ४८ लाख ३५ हजार रूपैयाँ लगानी गरिसकेको छ । यस्तै तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार दुई सय ६६ रूपैयाँ विपन्न वर्गमा कर्जा प्रवाह गरेको छ । यस्तै कोषले एक हजार नौ सय ६८ सहकारी संस्था, २६ बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै बेरोजगार युवा तथा व्यवसायीलाई कर्जा प्रवाह गरेको छ । यस्तै १५ करोड ३३ हजार पाँच हजार ४९ रूपैयाँ ब्याज अनुदान उपलब्ध गराएको कोषले जनाएको छ ।

कोषका अनुसार ६१ हजार एक सय ३२ जनालाई स्वरोजगार बीमा गरेको, एक हजार ६१ जनालाई बीमा क्षतिपूर्ति गराइएको छ । यस्तै छ करोड २४ लाख ४८ हजार पाँच सय ४५ रूपैयाँ बीमा क्षतिपूर्ति उपलब्ध गराएको छ । कार्यकारी निर्देशक अधिकारीले बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्ने काममा निरन्तर लागिरहेका बताए । उनले स्थानीय तहमा रहेका स्रोतसाधन प्रयोग गरेर स्वरोजगारमुखी बनाइने समेत उल्लेख गरे । विसं २०६५ मा स्थापना भएको कोषमा अहिले नियमित स्वरोजगार कार्यक्रम, सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर, काठमाडौँ उपत्यका स्वरोजगार र तराई–मधेश स्वरोजगार कार्यक्रम सञ्चालन भइरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x