नेपालगञ्ज उद्योग वाणिज्य संघकोे नयाँ कार्यसमिति
बाँके, माघ २७
नेपालगञ्ज उद्योग वाणिज्य संघको गत माघ ११ गते भएको मतदानबाट निर्वाचित नयाँ कार्यसमितिले शनिबारदेखि पदभार ग्रहण गरेको छ । संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यका अनुसार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल, प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीको उपस्थितिमा नवनिर्वाचितहरुको शपथग्रहण गराइएको हो ।
संघमा अब्दुल वाहिद नेतृत्वको नवनिर्वाचित कार्यसमितिले शपथ लिएको हो । अब नयाँ कार्यसमितिको बैठकले दुई महिलाको मनोनयनसँगै जिम्मेवारी बाँडफाँट गर्नेछ । बैठकबाट प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, प्रवक्ता लगायतका जिम्मेवारी बाँडफाँट गरिनेछन् । ‘अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी थप दुई जना मनोनीत गर्ने वैधानिक व्यवस्था छ’, निर्वमान अध्यक्ष वैश्यले भने, ‘अनिमात्रै कार्यसमितिले पूर्णता पाउने छ ।’
निवर्तमान अध्यक्ष वैश्यले अब केन्द्रीय सदस्य पदको तयारीमा आफू लाग्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको वैश्यले बताए । नेपालगञ्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष अच्युत प्रसाईंदेखि सुरु भएको उद्योग वाणिज्य महासंघको यात्रामा वैश्य पनि जोडिन लालायित भएका हुन् । प्रसाईंपछि दामोदर आचार्य, सुनिल शर्मा र अहिले कृष्ण प्रसाद श्रेष्ठ नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीपछि महासंघको निर्वाचित हुन सफल भए ।
संघकै सिफारिसमा उम्मेदवार भएकी भवानी राणा अहिले महासंघको सर्वोच्च अध्यक्ष पदमा आसीन छिन् । आगामी फागुन २८ र २९ गते महासंघको निर्वाचन हुँदै छ । ‘निवर्तमान अध्यक्षलाई महासंघ सदस्यमा पठाउने हाम्रो परम्पराजस्तै बनिसक्यो’, वैश्यले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया