जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायी महिलालाई सम्मान
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले आइतबार ‘प्रेरणादायक र साहसी महिला’ हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका १४ जना महिलाहरुलाई सम्मानित गरिएको जोन्टाले जनाएको छ । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । यसरी महिला सशक्तीकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकारात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।
जोन्टाका अनुसार प्रिन्सेस हेलेन शाह इन्स्पिरेसनल वुमन अफ द इयरबाट प्रस्तुति भट्टराई र वर्षा तामाङ, अमर राना गेम चेन्जर अवार्ड बाट क्याप्टेन प्रिया अधिकारी, कोभिड हिरोहरुका लागि रत्न देवी अवार्डबाट सुस्वप्न रिमाल सम्मानित भएका थिए । यसैगरी ज्योति स्कलरशिप अवार्डबाट वर्षा कटुवाल रसुकृति मास्के तथा इन्द्रकला स्कलरसिप अवार्डबाट मन्दिरा श्रेष्ठ र मनिषा दावा सम्मानित भएको जन्टाले जनाएको छ ।
त्यस्तै ‘अनसंग हिरोज’ विधाअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु-याएका अन्य चार जना महिलाहरुलाई पनि जोन्टाले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । जोन्टाले साझा यातायातको टिकट कलेक्टर रेजिना बस्नेत, रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स सरिता चेपाङ, १० वर्षदेखि ट्याक्सी चलाउँदै आएकी महिला ट्याक्सी ड्राइभर ईश्वरी थापा र झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी मनु थामीलाई उक्त रकम प्रदान गरिएको हो । कठिनाई र चुनौतीको बाबजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया