Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा महिला सञ्चालित १२ सय व्यवसायलाई विश्व बैंकले सघाउने

बंगलादेशमा महिला सञ्चालित १२ सय व्यवसायलाई विश्व बैंकले सघाउने


ढाका, माघ २७
विश्व बैंक समूहले वि कनेक्ट इन्टरनेशनलसँग मिलेर बंगलादेशमा महिलाले सञ्चालन गरेका १ हजार २ सय व्यवसायलाई सघाउने भएको छ । ती व्यवसायको विस्तार तथा अभिवृद्धिमा विश्व बैंकले सघाउने जनाएको बंगलादेशी मिडियाले जनाएका छन् ।

विश्व बैंकका अनुसार उक्त परियोजनलाई वुमन आन्ट्रप्रेनर्स फाइनान्स इनिसिएटिभले सघाइरहेको छ । महिलाले चलाएका व्यवसायले बंगलादेशको आर्थिक वृद्धिदरलाई समेत सघाउने विश्व बैंकको विश्वास छ । विश्व बैंकले यसखाले पाइलट प्रोजेक्टहरु यसअघि पनि सञ्चालन गर्दै आएको थियो ।

बंगलादेशमा ठूला, मध्यम र साना गरी मात्र ५ प्रतिशत व्यवसाय मात्रै महिलाले सञ्चालन गरेका छन् । बंगलादेशको वाणिज्य मन्त्रालय, विफाई र विश्व बैंक समूहले वि कनेक्ट इन्टरनेशनलसँग सहकार्य गरी व्यवसायमा सघाउनेछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x