कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नायल बंक भएर डँडेल्धुरा जोगबुडा हँदै सुदूरपश्चिका पहाडी जिल्ला जोड्ने सडक विस्तार हुनेभएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी–बंक–दोमिल्ला–नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्ने सडक विस्तार हुनेभएको हो ।
कञ्चनपुरदेखि भित्री मधेश नायर भएर डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो दूरीको नायल सडक विस्तार हुने भएसँगै स्थानीय हर्षित भएका छन् । कञ्चनपुर, कैलाली र डँडेल्धुराको मध्य विन्दुमा पर्ने नायलसहितका आसपासका गाउँमा जोड्ने गरी तराईबाट सडक विस्तार हुने भएपछि भित्री मधेशका स्थानीय हर्षित भएका हुन् । नायलका स्थानीय इन्द्र बोहराले तराईको वाणीदेखि गाउँसम्म नायल सडक विस्तार हुँदा आफूहरूलाई ठूलो राहत मिल्ने बताए । उक्त सडक विस्तारको लागि हालका पर्यटनमन्त्री प्रेम आले विगतमा वनमन्त्री हुँदा रुख काट्ने अनुमति दिएका थिए । ‘कैलाली, कञ्चनपुर र डँडेल्धुरा क्षेत्रबाट अहिलेसम्म थुप्रै नेताहरू जितेर संसद् मन्त्री भए, तर हाम्रा लागि कसैले पहल गरेनन्’, उनले भने, ‘तत्कालीन वनमन्त्री तथा हालका पर्यटनमन्त्री प्रेम आलेले ठूलो सहयोग गरेका छन् ।’
अहिले कञ्चनपुरको बंकदेखि नायलसम्म ट्र्याक विस्तार भएको छ । ट्र्याक विस्तार भएपछि केही समयअघि पर्यटनमन्त्री आलेले सडकको अनुगमन गरी थप सडक विस्तार र स्तरोन्नतिका लागि पहल गर्ने आवश्वासन दिएका थिए । स्थानीय हरि बोहराले कञ्चनपुरदेखि नायल हुँदै सुप प्रदेशका पहाडी जिल्ला जोड्ने सडक विस्तारका लागि पर्यटनमन्त्री आले र संसद् नर बहादुर धामीले पहल गरिदिएको बताए । ‘यो सडक निर्माण र हामी विकासबाट उपेक्षित गरिएका जनतालाई सडकको पहुँचमा पु-याउन समाजसेवी समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र बमले समेत संसद्, मन्त्री र सरकारी निकाय घचघच्याए’, उनले भने, ‘तत्त नेता, संसद मन्त्री र सरकारी निकायको तदारुकताले सडक विस्तार भएको छ, अब कालोपत्रे गर्नुपर्छ ।’ नायल पर्यटकीय सम्भावना बोकेको गाउँ भएकाले समेत सरकारीस्तरबाट सडक स्तरोन्नतिका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । सडक नहुँदा तराई २२ किलोमिटर मात्रै रहेको नायलसहितका गाउँका स्थानीय मारमा पर्दै आएका छन् । सडक विस्तारले गाउँको विकास हुने बोहराको भनाइ छ ।
नायलकी स्थानीय महिला पदमा बोहराले तराई वाणी क्षेत्रमा पुग्नका लागि सडक नहुँदा सकस हुने गरेको र अहिले ट्र्याक खुल्दा समेत केही राहत पाइएको बताइन् । एक वर्षमै सडकको ट्र्याक खोलिएपछि स्थानीयलाई ठूलो राहत पुगेको थियो । गत आर्थिक वर्ष २०७७/०७८ फागुन दोस्रो सातादेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका १ बन्ड भएर डोटीको नायल जोड्ने सडक विस्तार भएको थियो । पाँच वर्षअघि आर्थिक वर्ष २०७२/०७३ सालमा सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट बंक–दोमिल्ला–नायक–बुडर सडक विस्तारका लागि ठेक्का भएको सडकको काम रुखको कटानी आदेश नपाएका कारण रोखिएको थियो । सडक निर्माणको ठेक्का कोसी एन्ड न्यौपाने/बन्दन भगवती जेभीले पाएको थियो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगीले सडक छेउछाउका रुख काट्ने र ट्र्याक खोल्ने काम भएको बताएका थिए । उनका अनुसार तीन करोड ७८ लाखमा ठेक्का सम्झौता भएको सडकको साढे नौ किलोमिटर ट्र्याक खोलिने र २० किलोमिटर क्षेत्रमा पर्ने रुख काटेर व्यवस्थापन गरिने बाँकी साढे नौ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । हाल साढे पाँच मिटर चौडाइ सडक विस्तार गरिएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन मन्त्रालयबाट स्वीकृत भएर सडकको काम अघि बढेको उनले बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार सडकमा पर्ने झण्डै एक चार सय ६६ रुखमध्ये एक हजार तीन सय ७८ रुख कटानीका लागि आदेशअनुरूप ४४ हजार क्युफिट काठ र ३६ हजार क्युफिट दाउरा सङ्कलन भएको थियो । गत वर्ष सडक शिलान्यास गरेका प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले सडक विस्तारसँगै कञ्चनपुरको आर्थिक, समाजिक एवं सांस्कृतिक विकास हुने अपेक्षा राखेका थिए ।
सडक विस्तारका लागि नेता, सांसद्, मन्त्री एवं सरकारी सरोकारवाला निकाय घचघच्याउँदै आएका नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्रबहादुर बमले सडक स्तरोन्नतिका लागि सरकारी निकायबाट चासो दिनुपर्ने बताए । ‘यो सडकको ट्र्याक खुलिसकेको छ’, उनले भने, ‘अब यस क्षेत्रको पर्यटन एवं अन्य विकासका लागि सडक स्तरोन्नति गर्नुको विकल्प छैन, यसमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्छ ।’ कृष्णपुरका नेकपा माओवादी नेता शुशिल शाहले ट्र्याक खुलेसँगै सरकारी सम्बद्ध पक्षबाट सडक कालोपत्रेका लागि काम अघि बढाउनुपर्ने बताए । उनले तराई पहाड जोड्ने छोटोदूरीको सडक विस्तारका लागि सरकारी चासो आवश्यक रहेको बताए ।
उक्त सडक विस्तारसँगै कञ्चनपुरबाट डोटीको बुडर पुग्न केही समय मात्रै लाग्नेछ । नायलसहितका गाउँ प्राकृतिक ऐतिहासिक ताल पर्यटकीय क्षेत्रको समेत विकास हुने अपेक्षा गरिएको छ । कञ्चनपुरका स्थानीयले अत्तरिया भएर घुमाउरो सडक प्रयोग गर्दै सुप प्रदेशका पहाडी जिल्ला घण्टौँ समय लागे पनि नायल भएर बुटर छोटो समयमै पुग्ने भएपछि भित्री मधेशका गाउँको आर्थिक समाजिक एवं सांस्कृतिक विकास हुने सरोकारवालाले बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया