Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडकुमेन्ट एआई स्टार्टअप डकसुमोले नेपाल र भारतमा रोजगारी सिर्जना गर्ने

डकुमेन्ट एआई स्टार्टअप डकसुमोले नेपाल र भारतमा रोजगारी सिर्जना गर्ने


काठमाडौं । डकुमेन्ट एआई स्टार्टअप डकसुमोले हालै बीउपुँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ । यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह–स्थापना गरेका थिए ।

स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ, जसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ । फिफ्थ वाल, अर्वर रियालिटी ट्रस्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा कमन ओसियनद्वारा राउण्डको नेतृत्व गरिएको थियो ।

स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक–आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ । लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन्– हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या सय पुग्ने योजनामा छौँ । हाम्रो उद्देश्य नेपाललाई इजरायलजस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’

पछिल्लो १२ महिनामा डकसुमोले मुम्बई र काठमाडौंमा आफ्नो टिम बढाएको छ । साथै कम्पनीको आयमा छ गुणा वृद्धि भएको छ । यसले हाल संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र एसियाका प्रमुख उद्यमहरूलाई सेवा दिने गरेको छ । यस नयाँ लगानीसँगै, कम्पनीले थप प्रयोगका केसहरू– ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणीकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ । कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई–फिकेसनलाई अगाडि बढाएको कम्पनीको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x