लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।
नवनियुक्त भएकालाई बुधबार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरे । उक्त कोषमा नियुक्त भएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन् ।
यसैगरी परिषद् सदस्यमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव तथा गोपिकृष्ण शर्मा रहेका छन् । नवनियुक्त पदाधिकारीलाई मन्त्री आलेले निर्धक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिएका छन् । आउँदै गरेको बुद्धजयन्ती भव्य तथा सभ्यरूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत निर्देशन दिएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया