कञ्चनपुर । मुक्तहलिया सुरक्षित आवास कार्यक्रमअन्तर्गत विसं २०७७ सालमा निर्माणसम्पन्न गरी हस्तान्तरण गरेका मुक्तहलिया बस्तीका घरहरू प्रयोगविहिन बनेका छन् ।
कन्चनपुरको पुनर्वास नगरपालिका–९, ख–गाउँमा अवस्थित उक्त हलिया बस्तीमा निर्माण भएका ४२ घरमध्ये ३० घर प्रयोगविहीन बनेका हुन् । बेरोजगारी, कमाएर खाने जग्गाजमिन टाढा हुनुजस्ता कारणले ३० घरपरिवारले निर्माण भएका घरहरूमा बस्नै छोडेको स्थानीय चन्द्र सुनारको भनाइ छ । उनले आफ्नो जग्गा नभएका कारण दैनिक मजदुरी गर्दै पाँच जनाको परिवारसँगै सो भवनमा बस्दै आएको बताए ।
सरकारले आवास मात्रै हैन हाम्रा समस्या हेरी रोजगारी तथा कुनै सीपमूलक कार्यक्रमको व्यवस्था गरिदिए आफूहरूलाई गुजारा गर्न सहज हुने सोही बस्तीमा बस्दै आएका एक जना अपाङ्ग व्यक्ति चन्द्र विकले बताए । ‘आफू र श्रीमती दुबै अपाङ्ग छौँ, दुई बच्चा छन्, न रोजगारी छ, न कुनै सीप नै जानेको छु’, उनले भने, ‘जमिन र घर भएकाहरू यस बस्तीमा बस्दैनन्, आफ्नो केही नहुँदा यसै घरमा बसेर ठूलो राहत मिलेको छ ।’
सरकारले हलियामुक्त समाज निर्माण गरेको बस्तीमा नगर र वडा कार्यालयले सडक, विद्युत्, खानेपानी र शौचालयको व्यवस्था गरेको वडाध्यक्ष नारायण जैशीले बताए । ‘स्थायी विद्युत् मिटर नगरपालिकाले प्रत्येक घरमा निःशुल्क जडान गर्न विद्युत् कार्यालयमा माग गरेको छ ।’ वडाध्यक्ष जैशीले भने, ‘बस्तीमा मान्छे बस्दै गए समस्या हेरी अन्य सुविधाका कुरा पनि थपिन्थे ।’ संघीय कृषि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको एक करोड ७६ लाख ४७ हजार पाँच सय, हेविटाट फर ह्युमानिटी नेपालको ६२ लाख ८७ हजार, पुनर्वास नगरपालिकाको तीन लाख ३५ हजार, घरधुरी योगदान १३ लाख १७ हजार चार सय २० रूपैयाँ लागतमा निर्माणसम्पन्न भएको थियो ।
करोडौँ रूपैयाँ लगानीमा निर्माण भएका यी आवासका ढोकामा अहिले ताला लागेको देख्दा सरकारको उद्देश्य पूरा हुन नसकेको र प्रयोगविहीनले बस्तीको शोभा नै गुमेको प्रस्ट देखिन्छ । भवन प्रयोगविहीन किन भए ? उनीहरूलाई स्थायी बसाल्न के गर्नुपर्छ ? भन्ने विषयमा सम्बन्धित पक्षले एक पटक अध्ययन गरि समाधान गर्न जरुरी छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया