छायाँ सेन्टरमा मेरो स्कुलको ‘सेल्फी पोइन्ट’
काठमाडौं । काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा मेरो स्कुलको ‘सेल्फी पोइन्ट’ स्थापना भएको छ । मंगलबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमका बीच सो पोइन्ट स्थापना गरिएको हो ।
सो सेल्फी पोइन्टको उद्घाटन अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उनले आजको समयमा मेरो स्कूल जस्तो डिजिटल इ–लर्निङ्ग प्लाटफर्मको धेरै महत्व रहेको बताईन् । साथै, ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेटको पहुँच भएकोले मेरो स्कुल एप विद्यार्थीहरुका लागि निकै लाभदायक हुने उनको भनाइ थियो । कोरोना महामारीको समयमा अनलाइन कक्षा, डिजिटल प्लाटफर्महरुको माग बढेका कारण मेरो स्कूलको उज्वल भविष्य देखेको उनले बताइन् ।
के हो मेरो स्कुल ? मेरो स्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले नेपाल सरकारको पाठ्यक्रममा आधारित २० हजारभन्दा धेरै भिडिओहरु प्राप्त गर्न सक्नेछन् । यसका साथै यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडिओहरु पनि हेर्न सकिनेछ ।
यसका भिडिओहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडिओहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् । शैक्षिक पाठ्यक्रमका अलावा यहाँ डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स, सेयर तालिम लगायतका कोर्सहरू पनि हेर्न सकिनेछ।
यस एपमा प्रयोगकर्ताहरुले एक महिनाको लागि केवल २२ रुपैयाँमा कक्षा एकदेखि १२ सम्मका भिडिओहरु हेर्न सक्नेछन् । यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडिओहरु हेरी पढ्न सक्नेछन्। अफलाइन भ्युइङ फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामग्रीहरु आफूले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया