‘नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया’ एजुकेसन रिप्रेजेन्टेटिभ्सको साधारणसभा
काठमाडौं । नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रेजेन्टेटिभ्स नायरको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । संस्थाको अध्यक्षमा प्रेम पाण्डे, उपाध्यक्षमा उद्धव बहादुर खड्का, महासचिवमा थरेन्द्र राज अधिकारी, सचिवमा एन्ड्रु पौडेल, कोषाध्यक्षमा शालिकराम भण्डारी, कार्यकारी सदस्यमा बि–राज पाण्डे र बुद्ध शाक्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै निवर्तमान अध्यक्ष विज्ञान श्रेष्ठले कोरोनाको महामारीले शैक्षिक परामर्श क्षेत्र पूर्ण प्रभावित भएको र आगामी पललाई सृजनात्मक बनाउन आवश्यक रहेको बताए । त्यस्तै, नवनिर्वाचित अध्यक्ष पाण्डेले यस पटकको निर्वाचित सम्पूर्ण टिमलाई उत्प्रेरणा प्रदान गर्दै नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रेजेन्टेटिभ्स नायरको गतिविधिलाई अगाडि बढाउन समेत निर्देशन दिए । उनले नेपाली विद्यार्थीले विदेशमा शिक्षा लिई आफ्नो प्रतिभा समेत देखाउँदा नेपाली विद्यार्थीको बेग्लै पहिचान बनाउन सकेको बताए ।
‘अस्ट्रेलियन दूतावास, आना, नाकी, अष्ट्रेलियन अवार्डलगायतका विभिन्न संस्थाहरुसँग सहकार्य गरी आफ्ना गतिविधि अगाडि बढाइरहेका छौँ । साथै अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर समेत स्थापना भइसकेको छ। बोर्डर खोलेसँगै हामी अष्ट्रेलियन कल्चर, बिजिनेस र एजुकेसनलाई विभिन्न कार्यक्रममार्फत प्रवद्र्धन गर्नेछौँ’, नवनिर्वाचित उपाध्यक्ष उद्धव बहादुर खड्काले भने । उनले नेपाली विद्यार्थीहरुको विदेश अध्ययनलाई आफूहरुले सहजीकरण गर्नको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको समेत बताए । निर्वाचित सदस्यहरुले आफूहरु विदेश अध्ययनका लागि जाने विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया