आईएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा विस्तार
काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले दुईवटा शाखा विस्तार गरेको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजारनजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित शोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सुविधासम्पन्न शाखाबाट अशोक लेल्यान्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुनेछन् ।
शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेल्यान्डका क्षेत्रीय प्रमुख तन्मय मित्रका साथै उक्त क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको हो । कार्यक्रममा ग्रुपका अध्यक्ष ढकालले अशोक लेल्यान्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । साथै उनले यस क्षेत्रका ग्राहकहरुलाई ढुक्क भएर अशोक लेल्यान्ड गाडीहरुमा लगानी गर्न अनुरोध गरे । बिक्रीपछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्धता समेत उनले जनाए । सोही कार्यक्रममा अशोक लेल्यान्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेल्यान्ड हिन्दुजा समूहअन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोस्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आईएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेल्यान्डको आक्रामक बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए ।
रेमिट्यान्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आईएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ । उद्घाटन गरिएको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखाबाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया