Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिर्वाचन घोषणापछि जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी

निर्वाचन घोषणापछि जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी


कञ्चनपुर । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिदिएपछि कर्मचारीले जनप्रतिनिधिलाई टेर्न छाडेका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरका जिल्ला समन्वय अधिकारी खेम प्रसाद चौधरीले त तीन महिनादेखि पदाधिकारीको सेवा सुविधा नै रोकिदिएका छन् ।

सेवा सुविधा रोक्का गरिएपछि असन्तुष्ट पदाधिकारीले बुधबार चौधरीलाई कार्यकक्षमा नै थुनेका थिए । दुई वर्षअघि कञ्चनपुरमा नै रहेका उनी सरुवा भएर बर्दिया जिल्ला समन्वय समिति र मुख्यमन्त्रीको कार्यालयमा समेत पुगे । त्यहाँबाट फेरि कञ्चनपुर आएका उनले आफूले बर्दिया र मुख्यमन्त्रीको कार्यालयमा बस्दा तलबभत्ता खान नपाएकोले उक्त रकम दिन माग गरिरहेका छन् । तर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले उक्त माग अस्वीकार गरिदिएपछि चौधरीले पनि पदाधिकारीको सेवा सुविधा रोक्का गरिदिएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख तामाङ चौधरीलाई हटाउन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय समेत पुगेका छन् । उनलाई त्यहाँबाट हटाउने तयारी समेत भइरहेको बताइएको छ ।

दुई वर्षअघि समन्वय समिति बसेका उनी बेलौरी नगरपालिका भएर बर्दिया समन्वय समिति पुगेका थिए । उनले बर्दिया र मुख्यमन्त्री कार्यालय बस्दा आफूले तलबभत्ता खान नपाएकाले पाउनुपर्ने माग गर्दै आएका छन् । त्यसलाई समन्वय समितिका प्रमुख तामाङ अस्वीकार गरेपछि समितिमा विवाद चर्किएको हो । समन्वय समितिबाहेक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले पनि जनप्रतिनिधिलाई बेवास्ता गर्न थालेका छन् । केही प्रमुख प्रशासकीय अधिकृतले प्रमुखको समेत फोन रिसिभ गर्न छाडेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x