Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको खुद मुनाफा दुई अर्ब १४ करोड

ग्लोबल आइएमई बैंकको खुद मुनाफा दुई अर्ब १४ करोड


काठमाडौँ, माघ २७
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा दुई अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको छ । बैकका अनुसार उक्त मुनाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश गरिएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एकआपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो । मर्जरपश्चात् ग्लोबल आइएमई बैंक पुँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पुँजी २४ अर्ब ८७ करोड, कुल पुँजी २८ अर्ब १६ करोड, कुल निक्षेप दुई खर्ब १३ अर्ब र कर्जा तथा ऋण लगानी एक खर्ब ९८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना आठ सय १७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले दुई सय ७० शाखा, दुई सक्ष् ५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर र दुई सय ४९ शाखारहित बैकिङ सेवामार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ । यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखासहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x