खल्तीको ‘स्क्यानमा अफर’ : स्कुटर, स्मार्टफोन र नगद जित्न सकिने
काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टीभीएस एन्टर्क, वान प्लस नर्ड, तथा पाँच हजार रुपैयाँ जित्ने ‘स्क्यानमा अफर’ ल्याएको छ । कम्पनीका अनुसार यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्तीमार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन् ।
यस क्याम्पेनमा बम्पर उपहार टीभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्नेछन् । त्यसैगरी हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन१०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर बिहीबारदेखि लागू भई आगामी वैशाख १० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले कम्पनीमा हाल रहेका र भविष्यमा आउने प्रयोगकर्ताहरूलाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्युआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले अगाडि बढ्दै गएको बताए । उनका अनुसार ‘खल्ती’मा हालै सुरु गरिएको फोनपे क्युआरको सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्नपुगेको छ । यसको साथै, अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया