एपीएफलाई एएफसी लाइसेन्स, अग्नि ग्रुपको बधाई
काठमाडौं । एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब आठ वर्षदेखि आबद्ध छ र सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आइरहेको छ । यो कोशेढुङ्गा मनाउन पाउँदा अग्नि ग्रुप परिवार गौरवान्वित भएको कम्पनीको भनाइ छ । साथै कम्पनीले एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा बधाई पनि दिएको छ ।
कम्पनीका अनुसार एपीएफ क्लबले सन् २००१ देखि हालसम्मको आफ्नो यात्रामा धेरै उपलब्धि हासिल गरेको छ । निकट भविष्यमा सफलताका अन्य शिखरहरुमा पुग्न तत्पर रहेको पनि कम्पनीको दाबी छ । अग्नि ग्रुपले एपीएफ टिमलाई सफल भविष्यको कामना गर्दै आगामी दिनहरुमा पनि यस्तै उपलब्धिहरुसँगै मनाउने अपेक्षा गरेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया