घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा सिंह
वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेश प्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघको संस्थापक सदस्य हुँदै विभिन्न जिम्मेवारीका साथै कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
महासंघको वीरगञ्जमा सम्पन्न २५आँै राष्ट्रिय महाधिवेशन तथा २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा श्यामप्रसाद गिरी, वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता बास्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् । यस्तै महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरुमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्र प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञान बहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित भएको महासंघले जनाएको छ ।
यसैगरी महासंघकै केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताइन् । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया