बिल्डकन प्रदर्शनी : गोर्खा इको प्यानलप्रति आकर्षण
काठमाडौं । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा गोर्खा इको प्यानलको स्टलप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदशर्नीको पहिलो दिन नै गोर्खा इको प्यालनको स्टलमा हजारौँ अवलोकनकर्ताले रुचिपूर्वक अवलोकन भ्रमण गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले जानकारी दिए ।
पहिलो दिन भृकुटीमण्डपमै इन्जिनियरहरुको अधिवेशन सुरु भएकोले विशेष गरी ती इन्जिनियरहरुले अभिरुचिपूर्वक अवलोकन गरेको सीईओ कवांले जनाए । गोर्खा इको प्यालन पछिल्लोपटक आएको नयाँं निर्माण सामग्री हो । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माणलगायतका कारण यो निर्माणसामग्री पछिल्लो पटक लोकप्रिय छ । यही कारण गोर्खा इको प्यानल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै डिलरहरुमार्फत देशभर बिक्रीवितरण भइरहेका छन् ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्डका एक सय ५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन यो प्रदर्शनी विगत छ वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डष्ट्रिज रहेका छन् भने नेपाल इन्जिनियरिङ एसोसिएसन, निर्माण व्यवसायी महासंघलगायतका संस्थाहरुको सहयोग रहेकोे बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर्स, बिल्डर्स, इन्टेरियर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आमनागरीकको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया