एमएडब्लू वृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश
काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू वृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लु वृद्धि कमर्सियलबीच आधिकारिक बिक्रेताको साझेदारी भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो ।
एमएडब्लु वृद्धिले अबको केही समयभित्रै ओएसएमका तीनपांग्रे विद्युतीय सवारी ल्याउने जनाएको छ । वातावरण सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र वातावरण र नेपाललाई सुहाउँदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लु वृद्धिले थ्री ह्विलर सवारी भित्र्याउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताए । कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने जनाएको छ ।
ओमेगा सिक्की मोबिलिटी (ओएसएम) ‘एलिगन ओमेगा ग्रुप अफ बिजनेस’को सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरुको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ । विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सिक्की प्रालिमा कम्पनीले आफ्नो इनहाउस आरएन्डडी सुविधामा थ्री ह्विलर सवारीसाधनहरु आकर्षक डिजाइनमा विकास गरेको छ । आरएजीई प्लस ब्रान्ड अन्तर्गतका गाडीहरु भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरुले प्रयोग गर्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया