Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोले उपभोक्तामैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

भिभोले उपभोक्तामैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै


काठमाडौं । हालै भिभोले आफ्नो वार्षिक भिभो विकासकर्ता सम्मेलन (एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स) मा प्राविधिक प्रगतिका शृंखला प्रस्तुत गरेको थियो । ब्रान्डले प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्यसम्पादन, एप्लिकेसन सेवाहरू, आईओटी र उद्योग अवसरहरूमा कम्पनीले एक व्यापक इकोसिस्टमको रूपरेखा झल्किने शक्ति प्रदर्शन गरेको थियो । भिभोले जीवनमा परिवर्तन मात्रै स्थिर हुन्छ भन्ने विचारलाई आत्मसात् गरेको छ जुन स्मार्टफोन उद्योग पनि यसको अपवाद होइन ।

स्मार्टफोन आविष्कारहरूमा आधुनिक समयमा ध्यान केन्द्रित गर्ने महत्वपूर्ण खोज भइरहेको छ । स्मार्टफोन केवल सञ्चारका लागि प्रयोग हुने उपकरणबाट लामो यात्रा तय गर्दै अहिले जीवनलाई निरन्तर समृद्ध बनाउने र औंलाको एक इशारामा सबै कुरा प्रदान गर्ने सबैभन्दा अभिनव उपकरण बनेको छ । आजको समयमा, उत्कृष्ट क्यामेरा, उत्तम ब्याट्री, उच्च स्तरको विशेषता र सुरुचिपूर्ण डिजाइनको संयोजन भएको शक्तिशाली उपकरणले पक्कै पनि बजारको ध्यान खिच्छ । प्रत्येक नयाँ स्मार्टफोन सार्वजनिक गरेसँगै, ब्रान्डहरू प्रतिस्पर्धामा आफू अगाडि रहन प्रविधि र नवीनतामार्फत आफ्नो स्मार्टफोनलाई सुधार गर्ने तरिका खोजिरहेका हुन्छन् । स्मार्टफोन टेक्नोलोजीमा प्रवृत्तिहरू द्रुतगतिको पछाडि लाग्ने पुस्ताका आवश्यकताहरूअनुरूप विकसित भइरहेका छन् । आज देखिएका केही परिवतर्नवादी, त्यो भोलि धेरै उपकरणहरूमा देखा पर्न सक्छन् ।

भिभोका वरिष्ठ उपाध्यक्ष शि युजियान सन् २०२१ भिभोका लागि आवश्यक परिवर्तनहरू ल्याउने वर्ष साबित भएको बताउँछन् । कम्पनीले आफूलाई गुणस्तरीय उत्पादनको सृजनाकर्ताबाट प्रविधि र डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनहरूका निर्मातामा रूपान्तरण गरेको उनको दाबी छ । प्रयोगकर्ताहरूले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई ‘भिभो उत्पादनहरू छनौट गर्ने’ बाट ‘भिभो उत्पादनहरूलाई माया गर्ने’ मा रूपान्तरण गर्ने उनको अपेक्षा छ । भिभोले कम्प्युटिङ कार्यसम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउनको लागि उच्च रियल–टाइम कम्प्युटिङ इन्जिन, इन्टेलिजेन्ट शेड्युलिङ कम्प्युटिङ इन्जिन र उच्च गतिको डाटा–चेजिङ–लोडिङ कम्प्युटिङ इन्जिन सहित कम्प्युटिङ इन्जिनहरू डिजाइन गरेको छ । भिभोका उपाध्यक्ष तथा भिभो आर्टिफिसियल इन्टेलिजेन्स ग्लोबल रिसर्च इन्स्टिच्युटका प्रमुख झोउ वेईले कार्यक्रममा त्यसलाई पेश गरेका थिए ।

यसैगरी भिभोले मेमोरी व्यवस्थापन दक्षता र कार्यसम्पादन बढाउन नवप्रवर्तनमा लगानी गरेको छ । सिस्टम रेसिडेन्ट मेमोरी लाइफ साइकल, एप्लिकेसन मेमोरी नियतन, र डिर्याम र एसओसी आन्तरिक केशको व्यापक व्यवस्थापन सुनिश्चित गर्न कम्पनीले एक स्वतन्त्र भर्चुअल केश इकाइलाई अनुकूलित गरेको थियो । कम्पनीका अनुसार उपभोक्ताहरूले धेरै पटक आफ्नो स्मार्टफोनमा सिग्नल र कमजोर नेटवर्क जडान समस्याको सामना गरेका छन् । ह्यान्डहेल्ड उपकरण भएकोले, स्मार्टफोनले केही अवस्थाको कारण सिग्नल अवरोधको सामना गर्छ । यो हालै भिभोको आधुनिकतम नवीनता, अद्वितीय एन्टेना आरएफ डिजाइनले समाधान गरेको छ । यो आविष्कारले प्रयोगकर्ताहरूले सामना गरेको कुनै पनि संकेत अवरोध समाधान गर्ने र प्रयोगकर्ता अनुभव सुधार गर्ने बताइएको छ ।

यसको साथै, एआई प्रविधिले घरमा भिडियोहरू हेर्दा भिडियो शटरिङ र बाहिर कम नेट स्पीड सहित, वाईफाई सिग्नल कमजोर हुँदा पहिचान गर्न सक्छ । कमजोर वाईफाई सिग्नलको सामना गर्दा ठूलो मात्रामा फ्रिजिङ दर घटाउँदै, राम्रो इन्टरनेट अनुभव सुनिश्चित गर्न प्रणालीले बुद्धिमानीपूर्वक उत्तम नेटवर्क चयन गर्न सक्ने कम्पनीले जनाएको छ ।

भिभोको आईओटी इकोसिस्टम पनि यसको प्राविधिक उन्नतिले सशक्त बनाइएको छ, जसले उपकरणहरूको जडान, डाटा प्रवाहको दक्षता र द्रुत एपहरूलाई अपग्रेड र अप्टिमाइज गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप आनन्ददायक स्मार्ट होम अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । भिभोले आफ्नो आईओटी इकोसिस्टमअन्तर्गत चीनमा लगभग ६० वटा स्मार्ट ब्रान्डहरूसँग सहकार्य गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x