गड्डाचौकी भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालय आर्थिक वर्ष २०७८/७९ माघ महिनासम्ममा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
कार्यालयले चालू आवको माघ महिनासम्म ३० करोड ७२ लाख ५१ हजार रुपैयाँबराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले भने ३४ करोड ८४ लाख ३२ हजार रुपैयाँ अथवा तोकिएको लक्ष्यभन्दा १३ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कञ्चनपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को राजस्व सङ्कलनको लक्ष्य ५२ करोड ७७ लाख ६० हजार रुपैयाँ राखेको छ ।
कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत प्रमानन्द जोशीले विगतका वर्षभन्दा पछिल्लो समयमा राजस्व सङ्कलनमा दिनानुदिन वृद्धि हुँदै गइरहेको बताए । आर्थिक वर्षमा प्रशासनमा गरिएको सुधारका कारण तथा भन्सार क्षेत्रमा गरिएका सुधार जनचेतना बढेका कारण राजस्वमा वृद्धि हुँदै गइरहेको जोशीको भनाइ रहेको छ ।
गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुटी बढी मात्रामा भारततर्फ निर्यात हुनेगरेको छ । खुला सिमाना र फितलो सुरक्षा व्यावस्थाका कारण कञ्चनपुरका विभिन्न नाकाबाट भन्सार छलेर भारत निर्यात तथ नेपाल भित्रिने क्रम रोकिएको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया