Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुकिङ

क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुकिङ


काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)ले आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआरको ८० प्रतिशत स्टल बुकिङ पूरा भएको जनाएको छ ।

आगामी २०७९ वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको स्टल बुकिङमा सरोकारवालाहरुमा उत्साह देखिएको क्यान सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण यसअघि कोभिड १९ का कारण दुई पटक स्थगित भएको थियो ।

क्यानका अनुसार विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने र गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरु एवं सम्बन्धित सरोकारवालाहरुमा उत्साह देखिएको छ । यो पटकको इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोबाइल, आईटी कलेज र नवीनतम सोचमा आधारित रहेर सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने देखिएको क्यानले जनाएको छ ।

स्टल बुकिङका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधिका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युसन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनहरुका पछिल्ला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन् ।

त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, सूचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने गरी प्रदर्शकहरुले तयारी गरेका छन् ।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पे, एसोसिएट प्रायोजकमा एससीटी स्मार्ट क्यूआर तथा टिकट पार्टनरमा आईएमई–पेले प्रायोजन गरेको छ भने प्लाटिनम प्रायोजन वर्ल्डलिंक कम्युनिकेसन डायमन्ड प्रायोजन डिस होम फाइबरनेट, सिल्भर प्रायोजनमा एस पावर, नमस्ते–पे, डिजिकम र ब्रोडवे इन्फोसिसले गरेको छ । यस्तै अन्य विभिन्न संस्थाहरुले पनि सहयोग गरेको क्यानले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x