फ्यान्टाको कलरफुल हामी क्याम्पेन
काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’को क्याम्पेन आयोजना गर्ने भएको छ । उक्त क्याम्पेन पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो अभियानले मुख्यगरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ । जुनसुकै उमेर, लिंग, पेशा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलिब्रेट गर्न खोजेको छ ।
यो क्याम्पेनमा दुईवटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन्, जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरूमार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ । यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चञ्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाहिँ होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।
होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्ने कम्पनीले जनाएको छ । काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख सहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइनलागेको बताइएको छ । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामूलक गतिविधिहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउनलागेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया