यसोदा फुड्सको फरक स्वादका चाउचाउ र चिज बल्स सार्वजनिक
काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्किने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।
कार्यक्रममार्फत उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलोपटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ । यसको मूल्य प्रतिपिसको एक सय २० रुपैयाँ तोकिएको छ । एक सय २० ग्राम तौल रहेको प्याकिङ बजारमा पाइने कम्पनीको भनाइ छ । साथै फेमिली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सोहि कार्यक्रममा सार्वजनिक गरिएको छ । यस्तै चिज बल्स पारखीका लागि चिज बल्सअन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको कम्पनीको दाबी छ । नेपालमा मात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु-याइरहेको कम्पनीको दाबी छ । साना तथा मझौला उद्योगदेखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको यशोदा गु्रपको यात्रा मसला, चियापत्ती, चाउचाउ, हाउजिङ, होटल, फिल्म, सेवासम्म पुग्दै नेपालकै उच्च व्यावसायिक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । यस्तै कम्पनीले तीन हजार पाँच सयभन्दा बढीलाई रोजगारी दिएको छ भने १ सय ५० भन्दा बढी डिलरहरुको सञ्जाल विस्तार गरेको छ ।
यस्तै उद्योगले स्वदेशमै कृषिकार्य गरिरहेका स्थानीय कृषकहरुबाट उत्पादित अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, अदुवा, बेसारलगायतका कृषिजन्य उत्पादनहरु उद्योगका कच्चापदार्थको रुपमा प्रयोग गरी किसानहरुलाई समेत हौसला प्रदान गरेको जनाएको छ । कोरोना महामारीजस्तो प्रतिकूल समयका पनि उद्योगसँग आबद्ध कोही पनि कामदारहरु बेरोजगार हुनु नपरेको उद्योगको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया