स्कोडाको ‘युरोपियन– क्लास’को सर्भिस काठमाडौंमा
काठमाडौं । नेपालको लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सीतापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक डा. चक्रराज पाण्डे र लोेकप्रिय कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका थिए । नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो । काठमाडौंस्थित आधुनिक वर्कशप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको हो । यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरापियन गुणस्तरको सर्भिस पाउने कम्पनीको दाबी छ ।
काठमाडौंको सीतापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुईवटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा वे रहेका छन् । यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ ।
‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौँ । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौँ’, स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । हाल नेपालका नौवटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया