Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीले ‘नाइन प्रो प्लस फाइभ जी’ नेपालमा सार्वजनिक गर्ने

रियलमीले ‘नाइन प्रो प्लस फाइभ जी’ नेपालमा सार्वजनिक गर्ने


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन ‘रियलमी नाइन प्रो प्लस फाइभ जी’ नेपाली बजारमा छिटै सार्वजनिक गर्ने जनाएको छ । रियलमी नाइन प्रो प्लस फाइभ जीमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली फाइभजी प्रोसेसर छ । साथै, यसमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन छ । आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको दाबी गरेको छ ।

कम्पनीका अनुसार रियलमी नाइन प्रो प्लस फाइभजी मिडनाइट ब्ल्याक र अरोरा ग्रीनसहित दुई भेरियन्टहरुमा उपलब्ध हुनेछ । यसमा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामेरा, आठ एमपी सुपर वाइड क्यामेरा र दुई एमपीम्याक्रो क्यामेरा छ । आफ्नो खण्डमा सोनी आईएईमएक्स ६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभलसहित सुन्दर तस्बिरहरु खिच्न मद्दत गर्दछ ।

कम उज्यालो भएको अवस्थामा पनि रियलमी नाइन प्रो प्लस फाइभ जीको १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्नेछ । मेडियाटेक डिमेन्सिटी ९२०५जी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६ एनएम प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी नाइन प्रो प्लस फाइभजी विश्वकै पहिलो स्मार्टफोनमध्ये एक भएको कम्पनीको दाबी छ । ४५०० एमएएच् ब्याट्री भएको रियलमी नाइन प्रो प्लस फाइभ जी स्मार्टफोनलाई ६० डब्ल्यु सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिने र शतप्रतिशत चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यसमा ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६.४ सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ । ९०.८ प्रतिशतको स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ । रियलमी नाइन प्रो प्लस फाइभजी भारतको पहिलो इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो । अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्नुका साथै फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताका हृदय गति पत्ता लगाउँछ भने रेकर्डिङ सेवाहरु पनि प्रदान गर्दछ ।

रियलमी नाइन प्रो प्लस फाइभ जीको रियर प्यानलमा इन्डस्ट्री–लिडिङ्ग लाइट सिफ्ट डिजाइन जडान गरिएको छ । यसले सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ । सूर्यको किरण नपर्दा यो दुईदेखि पाँच मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ । रियलमी नाइन प्रो प्लस फाइभ जी एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ ।

रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै डीआरई प्रविधिको विकास गरेको छ, जसले आरएमलाई बढाउन आरओएमलाई भर्चुअल आरएम मा परिणत गराउँछ । रियलमी नाइन प्रो प्लस फाइभजी मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य आरएममा फाइभ जीबीसम्म डाइनामिक आरएम थप्न सकिने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x