गोल्छा ग्रुपद्वारा विद्यार्थीहरूलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग
काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।
विद्यार्थीहरुले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने लगायत प्रारम्भिक गतिविधिहरूबाट काम सुरु गरेको थियो । साथै फेब्रुअरी २०२२ सम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । अनेकन टेस्ट राइडहरुपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार छ । सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेसनहरुअनुसार गाडी बनाइएको हो । ‘मैचा’को ब्याट्रीले १ किलोहर्ज चार्जबाट १५० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु-याउने लक्ष्य राखेको छ । उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
- स्वरोजगार लघुवित्तको नाफा तीन करोड ६८ लाख
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया