पर्यटक आगमन वृद्धि गर्न होटल व्यवसायीको चासो
दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा पर्यटकको आगमन वृद्धि गर्न कुरीका स्थानीय होटल व्यवसायीहरूले चासो देखाएका छन् । कुरी होटल व्यवसायी संघले कुरीका ५० वटा होटल सञ्चालकहरूसँग सामूहिक छलफल गरेर पर्यटकको आगमन वृद्धि गराउनका लागि विभिन्न निर्णय समेत गरेको छ ।
कुरी होटल व्यवसायी संघले अनिवार्य मूल्यसूची राख्नुपर्ने, फागुपुर्णिमा हुनसक्ने ठगी रोक्न शुक्रबारसम्म संघ र कालिञ्चोक मन्दिर व्यवस्थापन समितिले अनुगमन गर्ने, कोठा र खानाको शुल्क तोकिएको भन्दा बढी लिएको पाइए तत्काल कारबाही गर्ने निर्णय गरेको हो । त्यसैगरी सबै होटलको कोठाको मूल्य निर्धारण गर्ने, पूजासामग्री व्यवस्थापन गर्ने निर्णय गरेको कालिञ्चोक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज तामाङले जानकारी दिए ।
संघले स्थानीय खानाको परिकार बनाउने कुक उत्पादन गर्न १५ दिने कुक तालिम समेत सञ्चालन गर्ने भएको छ । कुरीकै स्थानीय होटल व्यवसायीलाई सीपयुक्त प्राविधिक ल्याएर प्रशिक्षण दिने संघले निर्णय गरेको हो । कोरोनाले लामो समय थलिएको कालिञ्चोकमा फागु पूर्णिमामा होली खेल्न सयौँको संख्यामा पर्यटक बुधबार कालिञ्चोक पुगेका छन् । संघले बुधबारदेखि शुक्रबारसम्म तीन दिनमा १५ हजार पर्यटक भित्रिने अनुमान गरेको संघका अध्यक्ष भीमसेन पाख्रिनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया