एनसेलले ल्यायो गज्जबको दैनिक जीबी प्याक
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।
कम्पनीका अनुसार ग्राहकले अब करसहित मात्र एक सय २९ रुपैयाँमा सात जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म एक जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डेटा प्याक मात्र एक सय ९९ रुपैयाँमा लिएर सात दिनसम्म दैनिक दुई जीबी डेटा प्रयोग गर्न सक्छन् । यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकहरुले पहिलेकै मूल्यमा थप भोल्युमसहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् ।
भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले मात्र एक सय ६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक एक जीबीका दरले सात दिनसम्म कुल सात जीबी पाइरहेका थिए । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले दुई सय ६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन तीन जीबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन दुई जीबीका दरले सात दिनसम्म पाइरहेका थिए ।
त्यसैगरी एनसेलका ग्राहकले पाँच सय ९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन्, जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यी नयाँ तथा परिमार्जित प्याकहरु बुधबार (चैत २) बाट सञ्चालनमा ल्याएको हो । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया