‘बजाज पाँचको पञ्च’ योजना
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिइएको छ । कम्पनीका अनुसार यो योजना मा बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा एक हजार रुपैयाँ छुट पाउन योग्य भइनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेबापतको, शोरुममा गएर बाइक रोजेबापतको अनि किन्नलाई बुकिङ गर्दा पाइने एक लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो अफरबारे अरुलाई रिफर गरियो र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिङ प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै बम्पर पुरस्कारस्वरुप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्ने कम्पनीको भनाइ छ । यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामकरण पनि ‘बजाज पाँचको पञ्च’ भनेर गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया