Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा पहिलोपटक ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एप सुरु

नेपालमा पहिलोपटक ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एप सुरु


काठमाडौं । सर्च एजुकेसन नेपालले विद्यार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरु गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्चएजुकेसन डट कममार्फत उपलब्ध हुनेछ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने कम्पनीको दाबी छ । यस एपको प्रयोगले विद्यार्थीहरुलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेसन नेपालले लिएको छ । यस एपबाट विभिन्न कलेज र युनिभर्सिटीहरुमा आफ्नो मन पर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ । यस्तै सर्टलिस्ट गरिएका कोर्सहरूमध्ये विद्यार्थीले आफ्नो आवश्यकता, ज्ञान र सीपअनुसार तुलना गरी छनौट गर्न सक्नेछन् । कोर्सबारे निर्णय गरेपछि यस पोर्टलमार्फत नै आफूलाई मन पर्ने कलेज र युनिभर्सिटीहरुमा अनलाइनमार्फत आवेदन गर्न सकिने र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले विशेषज्ञ काउन्सलरद्वारा सहायता समेत दिनेछ । आफ्नो आवेदन, चयन, यात्रा र थप सम्बन्धमा कम्पनीका विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पूर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि अफर लेटर पठाएपश्चात् विद्यार्थीले उक्त अफर लेटर स्वीकार गरी अन्य प्रक्रियाहरु सुरु गर्न सक्नेछन् । उक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू र बीमालगायत आवश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न पनि सकिने कम्पनीले जनाएको छ । यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम र छात्रवृत्तिसम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

सर्च एजुकेसन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफ्नो कार्यालयहरू विस्तार गरेको छ । नेपालमा, सर्च एजुकेसनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू छन् । कम्पनीले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्यान्ड र न्युजिल्यान्डजस्ता देशहरूमा पढ्ने पठाउने गरेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x