दोलखा, माघ २८
तामाकोशी गाउँपालिकाले भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराई निजी आवास निर्माणमा समेत सहयोग गरेको छ । गाउँपालिकाले पालिकाभित्र रहेका करिब १९ घरपरिवारलाई सुकुम्बासी पहिचान गरी उनीहरुलाई जग्गा प्रदान गरेको थियो ।
पालिकाले जग्गाको लालपुर्जा दिएसँगै उनीहरुलाई बस्नको लागि निजी आवास निर्माणमा समेत सहयोग गरेको छ । चरीकोटबाट करिब २२ किलोमिटर दूरीमा रहेको पालिकाको वडा नम्बर १ भीरकोटस्थित कालिदहमा सुकुम्बासी अवस्थामा बसिरहेका चार घरपरिवारको अहिले स्वरुप नै बदलिएको छ । सडकको छेउमा जस्ता र बाँसको बार लगाएर बसेका सुकुम्बासीहरुको अहिले चिटिक्कका पक्की घर बनेका छन् । टहराको जीवनयापन बदलिएर अहिले उनीहरुको इँट्टाको गाह्रो लगाएर बनेका चिटिक्कका घरमा पुगेको छ । ४० सालदेखि सुकुम्बासी बनेर टहरामा जीवनयापन गरिरहेका उनीहरु अहिले जग्गाधनीका साथै घरमालिक समेत बन्न पाएका छन् ।
स्थानीय मंगलसिंह तामाङ भन्छन्, ‘मलाई आफ्नो जग्गा हुन्छ, घर हुन्छ भन्ने कल्पनासम्म थिएन ।’ सुकुम्बासी जीवन अन्त्य गरी लाजपुर्जासहित घर पाएपछि आफ्नो दिनचर्या नै बदलिएको उनले बताए । सोही स्थानका सन्देश तामाङ हाल आफ्नो घर र जमिन देखेर आफैँ दङ्ग परेका छन् । उनी भन्छन, ‘कल्पना पनि गरेको थिइनँ, हाम्रो जीवनमा पनि आफ्नै घर र जमिन हुन्छ भने अत्यन्तै खुसी छौँ । सरकारले हामी गरिबलाई पनि हेरेको छ ।’
कालिदहमा जस्तै गाउँपालिकाले उपलब्ध गराएको जग्गामा अन्य ११ सुकुम्बासी परिवारहरुले पनि घर निर्माण गरिरहेका छन् । गाउँपालिकाभित्र रहेको सुकुम्बासीहरुको पहिचान गरी चालू आर्थिक वर्षमा नै पालिकालाई ‘सुकुम्बासीविहीन गाउँपालिका’ घोषणा गर्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञानराज कोइरालाले बताए । कोइरालाका अनुसार गत वर्षबाट सुरु गरिएको सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने अभियान यस वर्ष अन्त्य गरिनेछ । सरकारले भूकम्प लाभग्राहीका लागि दिएको अनुदान तथा गाउँपालिकाले दिएको जमिनबाट सुकुम्बासीको समस्या समाधान गर्न गाउँपालिकाले नेतृत्व लिएको बताए ।
गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले भूमिहीन घरपरिवारको पहिचान गरी पालिकाले उनीहरुलाई जग्गा प्रदान गरी बस्नको लागि घर बनाउन सहयोग गरेको बताए । पोखरेलले आफू निर्वाचित भएपछि सुकुम्बासी समस्या अन्त्य गर्ने घोषणाअनुसार सुकुम्बासी पहिचान गरी पालिकाभित्रका १९ परिवारलाई जग्गा वितरण गरेको जानकारी दिए । प्रतिव्यक्ति एक रोपनीका दरले जग्गा उपलब्ध गरेको उनको भनाइ छ । गत वर्ष ११ जनालाई जमिन उपलब्ध गराएको र यस वर्ष बाँकी आठ जनालाई जमिन उपलब्ध गराउने उनले बताए । सुकुम्बासीहरुले सरकारले तोकेको मापदण्डमा रहेर आकर्षक घर निर्माण गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया