न्यूखिम्ती सबस्टेसन सञ्चालनमा
काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको न्यूखिम्ती सबस्टेसन सञ्चालनमा आएको छ । न्यूखिम्ती सबस्टेसनको औपचारिक उद्घाटन शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यो हालसम्म संचालनमा आएको दोस्रो ठूलो सबस्टेसन हो । यो सबस्टेसनले दोलखाको गोंगरस्थित माथिल्लो तामाकोशी जलविद्युत्बाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारणलाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ । ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेसन भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन् । न्यूखिम्ती सबस्टेसनका इलेक्ट्रिकल इञ्जिनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ । वि.सं. २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेसन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुवाती लागत एक अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ ।
न्यूखिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गज्र्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिने बताइएको छ । हालको क्षमताअनुसार सो सबस्टेसनमा कुल नौ सय मेगावाट बराबर बिजुली जोड्न सकिने बताइएको छ । रामेछाप, दोलखालगायतका जिल्लामा निर्माणसम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो ।
माथिल्लो तामाकोशीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ । सबस्टेसनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया