सन् २०२१ः नेपाली पर्यटन इतिहासमै कम !
काठमाडौं । सन् २०२१ मा नेपालको पर्यटन इतिहासमा (लगभग ४३ वर्षपछि) धेरै कम संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जस्तो कि सन् २०१५ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । फलतः सन् २०१९ सम्म आइपुग्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार (लगभग १२ लाख) पुगेको थियो । सोही आधारलाई हृदयंगम गर्दै नेपाल सरकारले सन् २०२० लाई दोस्रो पटक ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने तयारी गरेको थियो ।
तर, अकस्मात सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको ‘नोभेलकोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरेको र सबै तयारी पूरा गरेको अवस्थामा पनि अकस्मात नेपाल भ्रमण वर्षको सबै कार्यक्रमहरू स्थगित ग-यो । खासमा नेपालको पर्यटन चलायमान हुनका लागि विश्व पर्यटनमा पनि सुधार आउनै पर्ने देखिन्छ । जबकि, हालको अवस्था हेर्दा विश्व पर्यटनले तत्कालै गति लिइहाल्ने अवस्था पनि देखिँदैन । हुन पर्यटन सम्बन्धमा विज्ञता हासिल गरेका महानुभावहरूले नै विश्व पर्यटनमा सुधार आउन कम्तीमा सन् २०२४/२०२५ सम्म लाग्ने अनुमान गरेका छन् । खासगरी सन् २०२१ को नेपाल आगमन भएका विदेशी पर्यटकको कुरो गर्दा सो वर्षको मे, जुन, जुलाई, अगस्ट सेप्टेम्बर महिनामा विगतका तुलनामा कम विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
खासमा सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको कोरोनामहामारीले गर्दा हालसम्म पनि नेपालमा मात्रै नभएर विश्वमै पर्यटन उद्योगले गति लिन सकेको छैन/सक्ने छैन । हुन त कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले नेपालमा त्यस्तो असर गरिहालेको अवस्था छैन । त्यसो भए पनि नेपालको पर्यटन चलायमान हुन बाह्य पर्यटनले पनि गति लिनैपर्ने हुन्छ । अर्थात् नेपालको पर्यटन चलायमान हुन विश्व पर्यटनमा सुधार आउनै पर्छ । तर, हालको अवस्था हेर्दा विश्व पर्यटनले गति लिइहाल्ने अवस्था देखिँदैन । हुन त तथ्याङ्क हेर्दा नेपालमा सन् १९६३ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको देखिन्छ । जस्तै तत्कालीन श्री ५ को सरकारले सन् १९६३ मा आधिकारिक रूपमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको भनी पर्यटन मन्त्रालयले निकालेको बुकलेटहरूमा पढ्न र हेर्न पाइन्छ । यसरी हेर्दा सन् १९६३ मा सात हजार दुई सय ७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै सन् १९६४ मा नौ हजार पाँच सय २६, सन् १९६५ मा नौ हजार तीन सय ८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलव ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार पाँच सय ६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार दुई सय नौ जना, सन् १९६९ मा ३४ हजार नौ सय एक जना, सन् १९७० मा ४५ हजार नौ सय ७० जना, सन् १९७१ म ४९ हजार नौ सय १४ जना, सन् १९७२ मा ५२ हजार नौ सय ३० जना, सन् १९७३ मा ६८ जहार ४७ जना, सन् १९७४ मा ८९ हजार आठ सय ३८ जना, सन् १९७५ मा ९२ हजार चार सय ४० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको माथि उल्लिखित किताबको तथ्याङ्कमा उल्लेख भएको देखिन्छ ।
त्यस्तै सन् १९७६ देखिचाहिँ नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले एक लाख नाघ्न थालेको देखिन्छ । स्मरणीय छ, सन् १९८६ मा दुई लाख २३ हजार तीन सय ३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् १९९२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याले तीन लाख नाघ्यो । सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो बढोत्तरी निरन्तर कायम रहन सकेन । किनभने, सन् १९९३ मा सो संख्या घटेर दुई लाख ९३ हजार पाँच सय ६७ जनामा झ-यो । सन् १९९२ को तुलनामा यो संख्या माइनस १२ दशमलव दुई प्रतिशत कम रहेको थियो ।
जे होस्, सन् १९९७ मा चार लाख पुग्यो, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या । तर, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच लाख पुग्न अर्को १० वर्ष लाग्यो । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार आठ सय ६७ जना, सन् २०११ मा सात लाख ३६ हजार दुई सय १५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना हुँदै र बीचमा नेपाल आउने विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै आठ लाख, नौ लाख एक सय १० हुँदै सन् २०१९ मा आइपुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार एक सय ९१ जना पुगेको थियो ।
कोरोनाले महामारीको रूप लिएपछि नेपाल सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित ग-यो । फलतः सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरे । यो वर्ष सोभन्दा पनि कम (एक लाख ५१ हजार चानचुन) विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । यसरी हेर्दा नेपालको पर्यटनको लामो इतिहासमा यो वर्ष सबैभन्दा कम संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया