लालपुर्जाविहीनका बारेमा छानबिन गर्न टोली फिल्डमा
काभ्रेपलान्चोक । ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गर्न छानबिन टोली फिल्डमा पठाइएको छ । दुई वडामा खटेको दुई टोलीले कोरोना संक्रमणको उच्च जोखिमलगायत विभिन्न कारण दुई वर्षदेखि रोकिएको छानबिनको कामलाई निरन्तरता दिने जनाएको छ ।
उक्त गाउँपालिकाको वडा नं ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले टोली पठाइएको नापी कार्यालयले जनाएको छ । गाउँपालिका, सम्बन्धित वडा कार्यालय तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच पटक–पटकको छलफलपछि पुनः टोली पठाउने सहमति भएको हो । ‘आन्तरिक विवादलगायत रोकिएको कामलाई निरन्तरता दिन दुई टोली खटाइएको छ उहाँहरूले रोकिएको काम पुनः सुरु गर्नुभएको छ’, नापी कार्यालयका प्रमुख राम विनयकुमार सिंहले भने । यो पटक पठाइएको टोलीले आन्तरिक विवादसँगै लालपुर्जा वितरणसम्बन्धी बृहत्रुपमा अध्ययन गर्नेछ ।
दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई शाखा स्थापना गरिएकामा नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकिएको थियो । कोरोनाको जोखिम घटेपछि २०७७ मंसिरदेखि पुनः काम थालिए पनि केही काम नहुँदै पुनः कोरोनाको दोस्रो लहरले छानबिनलाई थाती राखिदियो । गत पुसदेखि काम पुनः थालिने गरी टोली पठाइने तयारी गरे पनि कोरोना तेस्रो लहरका कारण नसकिएको उनले बताए । त्यसयता छानबिनका लागि टोली पठाउन ती कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वय भएको थियो । करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका ती शाखा कर्मचारीविहीन अवस्थामा थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया