Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजोन्सनको प्रायोजनमा बेबी पेजेन्ट शो आयोजना हुने

जोन्सनको प्रायोजनमा बेबी पेजेन्ट शो आयोजना हुने


काठमाडौं । जोन्सनको मुख्य प्रायोजन तथा एभरेष्ट बैंक र हिमालय हर्बलको सहप्रायोजनमा भव्य बेबी पेजेन्ट शो आयोजना हुने भएको छ । तीन वर्षदेखि सात वर्षसम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको हो ।

आयोजकले जारी गरेकोे प्रेस विज्ञप्तिअनुसार प्रतिस्पर्धामा तीन वर्षदेखि साढे चार वर्षका बालबालिका ‘-याम्प वाक विथ मदर’ इभेन्टमा सहभागी हुन सक्नेछन् । त्यसैगरी साढे चार वर्ष उमेरभन्दा माथि र सात वर्षभन्दा मुनिका बालबालिकाहरु ‘-याम्प वाक’ र विभिन्न ‘ट्यालेन्ट शो’मा सहभागी हुन सक्नेछन् । सहभागिताको लागि आकांक्षीहरुले निःशुल्क रुपमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् । बेबी पेजेन्ट शोमा भाग लिन चाहनेले अन्तिम आवेदन चैत ११ भित्र गरिसक्नुपर्ने आयोजकको भनाइ छ ।

यस बेबी पेजेन्ट शोमा दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गरिनेछ । यसअनुसार तीनदेखि साढे चार वर्ष समूहका प्रथम विजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दोस्रोे र तेस्रोले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । सोहीअनुरूप साढे चार वर्षदेखि सात वर्ष समूहका प्रथम विजेताले ५० हजार रुपैयाँ, दोस्रोेले २५ हजार रुपैयाँ र तेस्रोले १५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । दुवै समूह गरी कुल पुरस्कार रकम एक लाख ८० हजार रुपैयाँ रहेको छ । निकै रुचि र कौतूहलताको साथ हेरिएको यस बेबी पेजेन्ट शोले विभिन्न चरणहरु पार गर्दै चैत २६ मा अन्तिम प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

बेबी पेजेन्टमा सहभागी हुन ९८५१२४६१५९/९८५१२४६१५७ मा सम्पर्क गर्न सकिनेछ । भौतिक रुपमा पठनपाठन सुरु भएसँगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको भव्य प्रतियोगिताले बालबालिकामा रहेको सोचाइ अनुभूति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x