आईएमई पेको उत्सवको वहार दुबई घुम्ने उपहार विजेता घोषणा
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले उत्सवको वहार दुबई घुम्ने उपहार भन्ने मूलनाराका साथ नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किमअन्तर्गत विजेता घोषित भएका छन् । आईएमई काउन्टरबाट आईएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाइ टिकट बिक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् ।
व्यवसाय प्रवर्द्धनमुखी यस्ता स्किममार्फत व्यावसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा दुई जोडीलाई चार रात पाँच दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपयुक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च तीन लाख रुपैयाँ (एक लाख ५० हजार रुपैयाँ प्रतिविजेता) आईएमई पे एपमार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया