नेपाल मेडिकल शोको आयोजना
काठमाडौं । एसडी प्रोमो मिडियाको आयोजनामा राजधानीमा नेपाल मेडिकल शो हुने भएको छ । चैत १० गतेदेखि १२ गतेसम्म प्रदर्शनीमार्ग भृकुटी मण्डपमा पाँचौँ नेपाल मेडिकल, हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो र नेपाल फार्म्यक एक्स्पो आयोजना हुनलागेको हो ।
इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद्, भारत र नेपाल केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएसनको सहआयोजनामा सञ्चालन हुनलागेको यो एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत् कार्यक्रम हुने बताइएको छ । यस कार्यक्रमलाई सम्पन्न बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले प्रमुख भूमिका खेल्ने आयोजकले जनाएको छ । सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोरोना महामारीको कारण अहिलेको मितिमा सरेको हो ।
आयोजकको मुख्य उद्देश्य यहाँको स्वास्थ्य संस्था, प्रयोगशाला र औषधि उद्योगलाई आवश्यक पर्ने साथ र सहयोग प्रदान गर्नु रहेको बताइएको छ । विश्वभरि नै स्वास्थ्य क्षेत्रमा नयाँ प्रयोगहरू आएसँगै विभिन्न अवसरहरू पनि उत्पन्न हुने गर्दछन् । विश्वभरिका कम्पनीहरूको यो नयाँ प्रयोग, नयाँ सेवा एवं उत्पादनहरूलाई नेपालका सहयोगी कम्पनीहरूले यस एक्स्पोमा प्रस्तुत गर्नेछन् । त्यसबाहेक, चिकित्सा उपकरण, निदान उत्पादन, जैविक चिकित्सा उपकरण, शल्य चिकित्सा उपकरण, अस्पताल फर्निचर, चिकित्सा उपभोग्य सामग्री, एक्स–रे उपकरण, अर्थोपेडिक प्रत्यारोपण, चिकित्सा ग्यास, विश्लेषणात्मक उपकरण, प्रयोगशाला उपकरण, औषधि मेसिनरीजस्ता सामग्रीहरूको लागि यो एक्स्पो एउटा विशेष मञ्च हुनेछ ।
तीन दिने एक्स्पोले विभिन्न देशका दुई सय ५० भन्दा धेरै कम्पनीहरू र पाँच सयभन्दा धेरै ब्राण्डहरूसहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्नेछ । यो एक्स्पोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लिएर जाने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया