रियलमी ९ प्रोे प्लस ५ जी नेपाली बजारका लागि सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे प्लस ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्टताका साथ तयार गरिएको यो फोनमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ ।
साथै यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ । आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ । यो फोनमा डाइनामिक -याम एक्स्पान्सन प्रविधि, ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसरलगायत अरु थुप्रै आकर्षक सुविधाहरु रहेका छन् ।
साथै यो फोन एन्ड्रोइड १२ मा आधारित रियलमी यूआई ३.० सहित उपलब्ध छ । कम्पनीका अनुसार यो फोन रियलमीको मिड–रेन्जमा रहेको फ्ल्यागशिप क्यामेरामा उद्योगमा उपलब्ध खण्डहरुमा अग्रणी सुविधाहरुले भरिपूर्ण छ । आफ्नो खण्डमा सोनी आर्ईएमएक्स७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । साथै ९० हर्जको सुपर एमोलेड डिस्प्लेको विशेषता रहेको यो मुटुको गति सेन्सरसहितको इन–डिस्प्ले फिंगरप्रिन्ट फिचर गर्ने नेपालको पहिलो स्मार्टफोन पनि हो । साथै यसले ६० वाट सुपरडार्ट चार्जिङको साथमा ४५००एमएएच ब्याट्री सपोर्ट गर्दछ, जसकारण यस स्मार्टफोनलाई १५ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको तौल पनि १८२ ग्राम मात्र छ । जसकारण यसलाई रियलमी नम्बर सिरिजकै पातलो स्मार्टफोन बनाउँछ ।
यो स्मार्टफोनहरु तीन मनमोहक रंग सनराइज ब्लू, मिडनाइट ब्ल्याक, अरोरा ग्रीनमा उपलब्ध रहेको छ । साथै यो फोन तीन स्टोरेज भेरियन्ट ६/१२८ जिबी, ८/१२८ जीबी र ८/२५६ जीबीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य क्रमशः ६/१२८ जीबीको ४१ हजार नौ सय ९९ रुपैयाँ र ८/१२८ जीबीको ४५ हजार चार सय ९९ रुपैयाँ कायम गरिएको छ । दराज अनलाइनबाट प्रि बुकिङ गर्ने ग्राहकहरुलाई छ महिनाका लागि निःशुल्क स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि उपलब्ध रहेको छ । दराज अनलाइनकाबाट यस स्मार्टफोनको डेलिभरी २२ मार्चदेखि सुरु हुने र नेपालभरिका आधिकारिक बिक्रेताकहाँ पनि सोही मितिदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया