दमकमा महिन्द्रा ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर
काठमाडौं । अग्नि ग्रुपले हालै दमकको क्याम्पस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधा सम्पन्न शोरुम हो ।
नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ, लोकतान्त्रिक वाणिज्य संघका संयोजक बबर जंग थापा, निम्स हस्पिटल, दमकका उपाकान्त आचार्य, टीएमटी ब्रिक्स उद्योगका निर्देशक रवि केसी र सरकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा संयुक्त रुपमा गरिएको थियो । दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।
शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथै सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिए । यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषिकर्मीहरूलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया